BIZMANDU
www.bizmandu.com

एलडीसी सम्मेलनको अध्यक्षता ग्रहण गर्न दोहा जाँदै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

२०७९ फागुन १९

एलडीसी सम्मेलनको अध्यक्षता ग्रहण गर्न दोहा जाँदै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ
एलडीसी सम्मेलनको अध्यक्षता ग्रहण गर्न दोहा जाँदै उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ

काठमाडौं। अति कम विकसित मुलुकहरु (एलडीसी) को सम्मेलनमा भाग लिन उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ शुक्रबार कतारको दोहा जाँदैछन्। फागुन २१ देखि २५ गतेसम्म आयोजना हुने सम्मेलनमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै श्रेष्ठ दोहा जान लागेका हुन्।

Tata
GBIME
Nepal Life

नेपालले यस वर्ष एलडिसी सम्मेलनको अध्यक्षता ग्रहण गर्ने कार्यक्रम छ। यसअघि पूर्व अफ्रिकी देश मालवीले अध्यक्षता ग्रहण गरेको थियो।

श्रेष्ठ नेतृत्वको प्रतिनिधिमण्डलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठ, सांसद जीतेन्द्रनारायण देव, नेपाल सरकारका सचिव तथा कतारस्थित नेपाली राजदूतलगायत रहनेछन्। श्रेष्ठले भ्रमणका क्रममा एलडीसी सम्मेलनका प्लेनरी सेसनमा भाग लिनेछन्।

त्यस्तै, विभिन्न देशका प्रतिनिधिसँग द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको परारष्ट्र मन्त्रालयले जनाएको छ। दोहामा रहेका नेपालीसँग मन्त्री श्रेष्ठले भेट तथा छलफल गर्ने कार्यक्रम छ। श्रेष्ठ नेतृत्वको टोली फागुन २३ गते स्वदेश फर्किने कार्यक्रम छ।