BIZMANDU
www.bizmandu.com

विराटनगर महानगरले सिटी बस सञ्चालन गर्ने, पहिलो चरणमा १९ वटा चलाउने

२०७९ फागुन १९

विराटनगर महानगरले सिटी बस सञ्चालन गर्ने, पहिलो चरणमा १९ वटा चलाउने
विराटनगर महानगरले सिटी बस सञ्चालन गर्ने, पहिलो चरणमा १९ वटा चलाउने


विराटनगर। विराटनगर महानगरपालिकाले नगर क्षेत्रमा सिटी बस सञ्चालनमा ल्याउने भएको छ। महानगरको सडक र मोडमा कति यात्रु क्षमताका बस सञ्चालन गर्नु उपयुक्त्त हुन्छ भन्ने जानकारी लिन रुट परीक्षणसमेत गरिएको छ।

Tata
GBIME
Nepal Life

महानगरकी कार्यबाहक प्रमुख शिल्पा निराला कार्की,  प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालालगायत टोलीले यसबारे जानकारी लिएका थिए।

महानगरले सिटी बस सञ्चालनका लागि कार्यपालिका बैठकबाट निर्णय गरिसकेको छ। लगानी बोर्डको सौजन्यमा महानगरले सिटी बस सञ्चालन गर्न लागेको कार्की बताइन्।

‘कुन–कुन रुटमा कति साइज र क्षमताका बस सञ्चालन गर्न सहज हुन्छ भनेर जानकारी लिएका छौं’, उनले भनिन्, ‘दुई–तीन महिनाभित्रै नगर बस सञ्चालनमा ल्याउँछौँ।’

ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क आवागमनको व्यवस्था गर्न लागिएकोछ । महिला र विद्यार्थीलाई सहुलियत दिने र अन्यलाई पनि न्यून शुल्क लिएर सेवा दिने कार्कीको भनाइ छ। बस वातानुकूलित सुविधासहितको हुने महानगरले जनाएको छ।

सर्वसाधारणको सहज आवागमनको उद्देश्यसहित महानगरले सिटी बस सञ्चालन गर्न लागेको हो। प्रारम्भिक चरणमा १९ सिटी बस सञ्चालनको तयारी छ।

निजी क्षेत्र र लगानी बोर्डसँगको साझेदारीमा नगर बस सञ्चालनको प्रक्रिया अन्तिम चरणम पुगेको प्रमुख प्रशासकीय अधिकृत कोइरालाले बताए। नगर बस सञ्चालनका लागि प्रमुख नागेश कोइरालाको नेतृत्वमा विभिन्न चरणमा छलफल भई खरिद प्रक्रियासमेत अगाडि बढेको छ।