BIZMANDU
www.bizmandu.com

फोर्ड बेच्ने जिओ अटोमोबाइल्सले ल्यायो नयाँ गाडी ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’, मूल्य २.४० करोड रुपैयाँ

२०७९ फागुन १८

फोर्ड बेच्ने जिओ अटोमोबाइल्सले ल्यायो नयाँ गाडी ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’, मूल्य २.४० करोड रुपैयाँ
फोर्ड बेच्ने जिओ अटोमोबाइल्सले ल्यायो नयाँ गाडी ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’, मूल्य २.४० करोड रुपैयाँ

काठमाडौं। फोर्डको नयाँ गाडी ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ मोडलको २ करोड ४० लाख रुपैयाँ तोकेर बिक्री सुरु गरिएको छ।

Tata
GBIME
Nepal Life

फोर्ड गाडीको आधिकारीक बिक्रेता जिओ अटोमोबाइल्सले नयाँ भेरियन्टको ‘नेक्स्ट जेन फोर्ड एभरेष्ट’ मोडलको नेपालमा बिक्री सुरु गरिएको जनाएको छ। कम्पनीले यसलाई भारतमा उत्पादन बन्द भएपछि अन्तर्राष्ट्रिय बजार थाइल्याण्डबाट आयात गर्न थालेको छ।

कम्पनीका अनुसार फोर्ड गाडीहरुको लाइन- अपमा नयाँ संस्करणको नेक्स्ट जेन एभरेष्ट थप भएको कम्पनीले जनाएको छ।

जिओ अटोमोबाइल्सका अनुसार नेक्स्ट जेन फोर्ड एभरेष्टमा हालसम्म कै पावरफुल इन्जिन र स्टाइलिस डिजाइनमा आएको बताएको छ।

जिओ अटोमोबाइल्सका प्रबन्ध निर्देशक आकाश गोल्छाले नेक्स्ट जेन फोर्ड एभरेष्ट उत्कृष्ट क्षमताहरुका साथ प्रभावशाली सुविधायुक्त एक नवीनतम तथा असल एसयुभी भएको बताए। यसले नेपाली ग्राहक तथा एड्भेन्चर प्रेमीहरुले अपेक्षा गरेभन्दा माथि उत्रिन सफल हुने पनि बताएका छन्।

‘यसको परिष्क्रित मूल्यले नेक्स्ट- जेन एभरेष्ट धेरै नयाँ ग्राहकहरुको इच्छाएको र छनोटको एसयुभी बन्नेमा हामी विश्वस्त छौं,’ उनले भने।

नेक्स्ट-जेन फोर्ड एभरेष्ट आकर्षित र साहसिक यात्राको लागि यसको केन्द्रिय क्षमताको साथ डिजाइन गरिएको छ। प्रिमियमस्तरको कला कौशलले भित्री भाग बनाइएको छ जसमा सात जनासम्मलाई शान्त र परिष्कृत वातावरणका साथै उत्कृष्ट प्रविधि र सुरक्षाले प्रत्येक यात्रालाई थप यादगार बनाउने कम्पनीको भनाइ छ।

निकै फराकिलो स्पेस, आकर्षक ड्यासबोर्ड, वायरलेस चार्जिङ, इलेक्ट्रिक पार्किङ ब्रेक जस्ता अन्य धेरै सुविधाहरू यसमा उपलब्ध रहेको छ। लामो यात्राको लागि फ्ल्याट फोल्ड डिजाइनमा दिइएको पछाडिका सिटले आरामदायी यात्रा गराउने छ।

एसयूभीमा १२ इन्चको टचस्क्रिन, १२.४ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट प्यानल, ड्राइभर असिस्ट टेक्नोलोजी, एक्टिभ पार्क असिस्ट २.०, स्टप एण्ड गोको साथमा नयाँ क्रुज कन्ट्रोल यसमा दिइएको छ।

फोर्डको ग्लोबल डिजाइन डीएनए अन्तर्गत सी-क्ल्याम्प हेडल्याम्पले अगाडिको भागलाई निकै बोल्ड देखाएको छ। एभरेष्ट फोर ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध रहेको छ।

कम्पनीले यो गाडीलाई २.० लिटर क्षमताको बाई टर्बो डिजेल इन्जिनमा निर्माण गरेको छ। यसमा भएको उक्त इन्जिनले २१० पीएस पावर र ५०० एनएम टर्क उत्पादन गर्दछ। यसमा १० स्पीड अटोमेटिक गियरबक्स उपलब्ध रहेको कम्पनीले जनाएको छ।

एभरेष्टको अफ-रोड स्क्रिनले सवारीसाधनको जानकारी र अगाडिको दृश्य क्यामेरामा देखाउँछ। साथै चालकलाई अवरोधहरू हेर्न र त्यसबाट निस्कन मद्दत गर्दछ। सिंगल बटन थिचेर, चालकले आफ्नो ड्राइभलाइन र डिफ-लक इन्डिकेटरहरू, स्टेयरिङ कोण र गाइडहरू साथै गाडीको रोल र पिच कोणहरू हेर्न सक्ने कम्पनीले जनाएको छ।

नेक्स्ट-जेन फोर्ड एभरेष्ट ८०० एमएम गहिरो पानीमा समेत सहज तरिकाले चलाउन सकिने कम्पनीको दाबी छ। कम्पनीले यसको मूल्य २ करोड ४० लाख रुपैयाँ तोकेर बिक्री सुरु गरेको जनाएको छ।