BIZMANDU
www.bizmandu.com

प्रभु स्मार्ट फण्ड आजबाट बिक्री खुला, ८० लाख इकाईका लागि आवेदन पेस गर्न सकिने

२०७९ फागुन १८

प्रभु स्मार्ट फण्ड आजबाट बिक्री खुला, ८० लाख इकाईका लागि आवेदन पेस गर्न सकिने
प्रभु स्मार्ट फण्ड आजबाट बिक्री खुला, ८० लाख इकाईका लागि आवेदन पेस गर्न सकिने

काठमाडौं। प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ८० करोड रुपैयाँको प्रभु स्मार्ट फण्डले विहीबारबाट इकाई बिक्री खुलाएको छ।

Tata
GBIME

म्युचुअल फण्डले प्रति इकाई १० रुपैयाँका दरले कुल ८ करोड इकाई निष्कासन गर्दैछ। जसमध्ये सर्वसाधारणले ६ करोड ८० लाख करोडमा आवेदन दिन सक्नेछन्।

न्यूनतम १०० र अधिकतम ८० लाख इकाईका लागि आवेदन पेस गर्न सकिनेछ।

जारी इकाईमध्ये एक करोड १२ लाख कोष प्रवर्द्धक प्रभु बैंकलाई छुट्याएको हो। बाँकी ८ लाख योजना व्यवस्थापक प्रभु क्यापिटललाई हो।

इकाई छिटोमा फागुन २३ गते बन्द हुनेछ। पर्याप्त आवेदन नपरे चैत ५ गतेसम्म लम्बिनेछ।