BIZMANDU
www.bizmandu.com

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द हुने

२०७९ फागुन १८

हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द हुने
हेटौंडा-काठमाडौं जोड्ने कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द हुने

हेटौंडा। काठमाडौं-हेटौंडा कान्ति लोकपथ आजदेखि चैत १० गतेसम्म बन्द हुने भएको छ। हेटौंडा हुँदै काठमाडौं उपत्यका जोड्ने कान्ति लोकपथ मर्मतको लागि बन्द हुने भएको हो।

Tata
GBIME
Nepal Life

आगामी चैत १० गतेसम्म कान्ति लोकपथको दुईतर्फी आवागमन बन्द हुने बताइएको छ। कान्ति लोकपथ मर्मतका लागि फागुन १८ गतेदेखि आगामी चैत १० गतेसम्मको समय निर्धारण गरिएको छ।

मकवानपुरको ठिङ्गन नजिक रहेको बागमती पुलबाट ललितपुरतर्फ सडक मर्मत एवं कालोपत्रेका लागि कान्ति लोकपथ बन्द गरिएको जनाइएको छ। सडक बन्द भएपछि यात्रुहरु भने समस्यामा परेका छन्।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको अध्यक्षतामा गत सोमवार बसेको बैठकले आजदेखि कान्ति लोकपथको दुईतर्फी बन्द गर्ने निर्णय गरेको हो। आजदेखि लागू हुनेगरी कान्ति लोकपथमा दुईतर्फी सवारी साधनको आवागमन पूर्णरूपले बन्दगरी हेटौंडा-काठमाडौं चल्ने सुमोलगायतका साना सवारी साधनका व्यवसायीलाई सिस्नेरी र चित्लाङ सडकमा एकतर्फी सवारी सञ्चालनको व्यवस्था मिलाउनेगरी निर्णय गरिएको छ।

हेटौंडाबाट काठमाडौं जान हेटौंडा-भीमफेदी-कुलेखानी-सिस्नेरी-दक्षिणकाली रूट हुँदै एकतर्फी र काठमाडौंबाट हेटौंडा आउन थानकोट-चित्लाङ-मार्खु-कुलेखानी-भीमफेदी रूट हुँदै एकतर्फी यातायात सेवा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।