BIZMANDU
www.bizmandu.com

भारतबाट डिजल ५ र पेट्रोल १ रुपैयाँले घटेर आयो, ग्यासमा भने ३०० रुपैयाँले मूल्यवृद्धि

२०७९ फागुन १७

भारतबाट डिजल ५ र पेट्रोल १ रुपैयाँले घटेर आयो, ग्यासमा भने ३०० रुपैयाँले मूल्यवृद्धि
भारतबाट डिजल ५ र पेट्रोल १ रुपैयाँले घटेर आयो, ग्यासमा भने ३०० रुपैयाँले मूल्यवृद्धि

काठमाडौं। भारतबाट डिजल प्रतिलिटर ५.५ रुपैयाँ र पेट्रोल लिटरमा १.२१ रुपैयाँले मूल्य घटेर आएको छ।

Tata
GBIME
Nepal Life

इन्डियन आयल कर्पोरेशनले हरेक १५ दिनमा नेपाल आयल निगमलाई पठाउने नयाँ मूल्यसूची अनुसार पेट्रोल लिटरमा १.२१ र डिजल लिटरमा ५.५ रुपैयाँले मूल्य घटेर आएको निगम स्रोतले जनाएको छ।

निगम स्रोतका अनुसार यस पटक भने एलपीजी ग्याससको भने प्रतिसिलिन्डर लगभग ३४० रुपैयाँ मूल्य बढेर आएको छ। यस्तै हवाई इन्धनमा प्रतिलिटर ७ रुपैयाँ र मटितेल लिटरमा लगभग ४ रुपयाँ मूल्य घटेर आएको निगमले जनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय माग र उत्पादन कटौतीले पेट्रोलियम पदार्थको मूल्य घटबढ भइरहेको छ। सोहीअनुसार आइओसीले नयाँ मूल्य निगमलाई पठाएको हो।

यसअघि मूल्य घटेर आउँदा पनि निगमले मूल्य घटाउन मानेको थिएन। त्यसभन्दा अघि मूल्य केही बढेर आउँदा भने निगमले हतारहतार पेट्रोल र डिजलको भाउ लिटरमा ३/३ रुपैयाँ बढाएको थियो।

यसअघि निगम १५ दिनमा ५१ करोड रुपैयाँ नाफामा गएको थियो। भारतबाट मूल्य घटेर आएपनि निगम पेट्रोलियम पदार्थको मूल्य नेपाली बजारमा घटाएर बेच्ने पक्षमा देखिँदैन। बक्यौता तथा ऋण तिर्न बाँकी रहेको भन्दै निगमका अधिकारी मूल्य घटाउन चासो देखाएका छैनन्।

यस पटक झन एलपीजीमा मूल्य बढेर आएकाले निगमले मूल्य नघटाउने निगम स्रोतको भनाइ छ।