BIZMANDU
www.bizmandu.com

सूर्योदय वोमी लघुवित्तको लाभांश प्रस्ताव, सेयरधनीलाई १५ प्रतिशत बोनस दिने

२०७९ फागुन १७

सूर्योदय वोमी लघुवित्तको लाभांश प्रस्ताव, सेयरधनीलाई १५ प्रतिशत बोनस दिने
सूर्योदय वोमी लघुवित्तको लाभांश प्रस्ताव, सेयरधनीलाई १५ प्रतिशत बोनस दिने


काठमाडौं। सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्ताव गरेको छ। लघुवित्त सय्चालक समितिको मंगलबार बसेको बैठकले गत आर्थिक वर्षको नाफाबाट १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

Tata
GBIME
NLIC

हाल लघुवित्तको चुक्ता पुँजी ७९ करोड १९ लाख छ। लघुवित्तले यसको १५ प्रतिशतले हुन आउने ११ करोड ८७ लाख बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो।

उक्त प्रस्तावित बोनस सेयर नेपाल राष्ट्र बैंकबाट स्वीकृत भइ आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपछि मात्र लगानीकर्ताहरुलाई वितरण गरिने छ।

वोमी लघुवित्त वित्तीय संस्था र सूर्योदय लघुवित्त आपसमा गाभिएर २०७८ चैत १९ गतेदेखि एकिकृत कारोबार भएको हो। एकिकृत कारोबार भएको दुइ वर्षसम्म लाभांश कर छुट हुने व्यवस्था भएका कारण कम्पनीले लाभांश प्रस्तावमा कर प्रयोजनका लागि छुट्टै रकम छुट्याएको छैन।