BIZMANDU
www.bizmandu.com

दूरसंचार र इन्टरनेट सेवा अवरुद्ध भए वैशाखबाट ग्राहकलाई क्षतिपूर्ति, हैरानी खेपे दाबी गर्ने अधिकार

२०७९ फागुन १६

दूरसंचार र इन्टरनेट सेवा अवरुद्ध भए वैशाखबाट ग्राहकलाई क्षतिपूर्ति, हैरानी खेपे दाबी गर्ने अधिकार
दूरसंचार र इन्टरनेट सेवा अवरुद्ध भए वैशाखबाट ग्राहकलाई क्षतिपूर्ति, हैरानी खेपे दाबी गर्ने अधिकार

काठमाडौं। वैशाखबाट तोकिएको समयभन्दा बढी समय नेटवर्क नचलेर सेवाग्राहीले हैरानी खेपे क्षतिपूर्ति दाबी गर्न पाउने भएका छन्।

Tata
GBIME
Nepal Life

नेपाल दूरसंचार प्राधिकरणले दूरसंचार सेवाको गुणस्तर सम्बन्धी विनियमावली जारी गर्दै क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।

प्राधिकरणले मोबाइल डेटा/भ्वाइस प्याकेज सेवा खरिद गरेको तर, उक्त प्याकेजको अवधिमा सेवा प्रदायकको नेटवर्क डाउन भएर सेवा पाउन नसकेको बखत ग्राहकले सम्बन्धित सेवा प्रदायकबाट क्षतिपूर्ति दाबी गर्न सक्ने छन्। ग्राहकले क्षतिपूर्ति दाबी गरेमा सेवा शुल्क बापतको उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने प्रावधान विनियमावलीमा छ।

त्यसैगरी, फिक्स्ड ब्रोडब्यान्ड इन्टरनेटको हकमा विनियमावलीमा तोकिएको भन्दा बढी समय नेटवर्क नचलेमा सम्बन्धित ग्राहकलाई क्षतिपूर्तिस्वरुप मनासिब महशुल दामासाहीको मिनाहा गर्ने वा सेवाको अवधि नि:शुल्क थप गरी जानकारी गराउनुपर्ने व्यवस्था छ।

विनियमावलीमा सेवा अवरुद्ध भएपछि सुचारु हुन लाग्ने अवधि पनि किटान गरेको छ।

सहरी क्षेत्रमा कुल अवरुद्ध संख्याको ९० प्रतिशत ४ घण्टाभित्र, ९५ प्रतिशत २४ घण्टाभित्र र ९९ प्रतिशत वा सोभन्दा बढी ४८ घण्टाभित्र सुचारु हुनुपर्ने व्यवस्था छ। ग्रामीण क्षेत्रको हकमा कुल अवरुद्ध संख्याको ९० प्रतिशत २४ घण्टाभित्र, ९५ प्रतिशत ४८ घण्टाभित्र र ९९ प्रतिशत वा सोभन्दा बढी ७२ घण्टा भित्र सुचारु गर्नुपर्ने छ।

त्यसैगरी, नेटवर्क व्यस्त रहने समयमा समेत ग्राहकले किनेको न्यूनतम स्पीड पाउनुपर्ने व्यवस्था छ। उदाहरणका लागि १०० एमबीपीएसको सेयर्ड ब्यान्डविथ खरिद गरेको छ र सोको सेयरिङ रेसियो १:४ छ भन्ने नेटवर्क व्यस्त रहने समयमा पनि ग्राहकलाई २५ एमबीपीएस स्पीडको न्यूनतम प्रत्याभूति कायम गर्नुपर्ने व्यवस्था प्राधिकरणले गरेको छ।

विनियमावलीको पूर्णपाठ: