BIZMANDU
www.bizmandu.com

समिट लघुवित्तले १३ प्रतिशत बोनस सेयर वितरण गर्ने, पोहोरभन्दा घट्यो लाभांश

२०७९ फागुन १६

समिट लघुवित्तले १३ प्रतिशत बोनस सेयर वितरण गर्ने, पोहोरभन्दा घट्यो लाभांश
समिट लघुवित्तले १३ प्रतिशत बोनस सेयर वितरण गर्ने, पोहोरभन्दा घट्यो लाभांश

काठमाडौं। समिट लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षका लागि वितरण गर्न प्रस्तावित लाभांशको दर सार्वजनिक गरेको छ। लघुवित्त सञ्चालक समितिको सोमबार भएको ३३ औं बैठकले गत आवको नाफाबाट १४.२७ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको हो।

Tata
GBIME
Nepal Life

 लघुवित्तले गत आर्थिक वर्षका लागि चुक्ता पुँजीको १३.५७ प्रतिशतले हुन आउने ६ करोड ७० लाख बराबरको बोनस सेयर र ०.७१ प्रतिशतले हुन आउने ३५ लाख २७ हजार बराबरको नगद लाभांश वितरण गर्ने भएको छ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लगानीकर्ताले पाउने छन्।

लघुवित्तले कुल १४.२७ प्रतिशतले हुन आउने ७ करोड ५ लाख बराबरको लाभांश वितरण गर्ने भएको हो।

लघुवित्तले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीहरुलाई २५.२८ प्रतिशत बोनस सेयर वितरण गरेको थियो।