BIZMANDU
www.bizmandu.com

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ‘हाम्रा मन्त्रीलाई विना विभागीय बनाउने भनेपछि बाहिरियौं’

२०७९ फागुन १५

एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ‘हाम्रा मन्त्रीलाई विना विभागीय बनाउने भनेपछि बाहिरियौं’
एमालेद्वारा सरकारलाई दिएको समर्थन फिर्ता, ‘हाम्रा मन्त्रीलाई विना विभागीय बनाउने भनेपछि बाहिरियौं’

काठमाडौं। एमालेले सरकारबाट बाहिरिने निर्णय गरेको छ। आज बसेको एमालेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता गर्दै सरकारबाट बाहिरिने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

पार्टी कार्यालयमा बसेको सचिवालयको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको उपाध्यक्ष विष्णु पौडेलले जानकारी दिए। एमालेका तर्फबाट सरकारमा परराष्ट्रमन्त्री विमला राई पौडेलको जेनेभा भ्रमण प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले रोकेपछि पार्टीको बैठक बसेको थियो।

राष्ट्रपति निर्वाचनमा प्रचण्डले एमालेसँगको गठबन्धन तोडेर कांग्रेससँग सहकार्य गरेपछि एमाले सरकारबाट बाहिरिएको हो। एमाले गत पुस १० गते सरकारमा सहभागी भएको थियो। दुई महिनामा सरकार छाडेको हो।

‘राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई समर्थन गर्ने निष्कर्षमा पुग्नु भयो। हामीले राष्ट्रपतिको निर्वाचनमा सहकार्य हुन नसके पनि सरकारमा रहेर काम गर्ने सोचमा थियौं। पछिल्ला दिनमा एमाले र समग्र सन्दर्भमा जुन व्यवहार गर्नुभयो त्यसले हामी सरकारबाट बाहिरने निर्णयमा पुगेका हौं,’ उपाध्यक्ष पौडेलले भने।

सरकारबाट स्वेच्छाले नहटेपछि प्रचण्डले एमालेका मन्त्रीहरुलाई विना विभागीय बनाउने बताएपछि एमाले सत्ताबाट बाहिरिएको उनले बताएका छन्।