BIZMANDU
www.bizmandu.com

जोरपाटी-सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लाग्दै, ६० मिटरमा विवाद

२०७९ फागुन १५

जोरपाटी-सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लाग्दै, ६० मिटरमा विवाद
जोरपाटी-सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुन लाग्दै, ६० मिटरमा विवाद


काठमाडौं। जोरपाटी–सुन्दरीजल सडक विस्तार योजना सम्पन्न हुने चरणमा पुगेको छ। 

Tata
GBIME
Nepal Life

विभिन्न अवरोधका कारण लामो समयसम्म सडक योजना  सम्पन्न हुन नसकेको थिएन। सबै समस्याको समाधान गर्दै जोरपाटी–सुन्दरीजल खण्ड विस्तार सम्पन्न हुन लागेको काठमाडौं उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ। 

नयाँपाटी नजिकै एउटा ठाउँमा झण्डै ५०/६० मिटरमा स्थानीयबासीसँगको विवादका कारण कालोपत्र गर्न बाँकी रहेको आयोजनाका सूचना अधिकारी महानन्द जोशीले बताए। 

उनकाअनुसार, केही समय पहिले कार्यरत कामदार र स्थानीयवासीबीच विवाद समेत भएको थियो। 

‘त्यहाँको समस्या समाधान गर्न वडा कार्यालयले समन्वयका लागि पहल गरिरहेको छ। समााधन हुनासाथ कालोपत्र गर्न सकिन्छ’ उनले भने।

सडक सम्पन्न हुँदै गर्दा स्थानीयवासीले बसपार्क माग गरेको सूचना अधिकारी जोशीले बताए। 

बजेट उपलब्ध भएमा बसपार्कसमेत निर्माण गरिने योजना रहेको उनले जानकारी दिए। यो खण्डमा तीनचार ठाउँमा पुल निर्माणका लागि माग भएको र आयोजनाले सरकारसँग बजेट माग गरेको छ। 

‘सडक चौडा भए पनि पुल भएको ठाउँको सडक अघि साँघुरो छ,’ उनले भने।

विसं २०७२ मा सडकको केन्द्र भागबाट दुवैतर्फ ११/११ मिटर चौडा गर्ने गरी सो सडकको विस्तारका लागि ठेक्का सम्झौता भएको थियो। 

लामो समयसम्म सडक विस्तार हुने नसकेका कारण सडक सरकारको उपलब्ध चौडाइमै निर्माण गर्ने निर्णय अघि बढाइएको थियो। यहाँ रहेका बिजुलीको पोल हटाउन र रुख हटाउन पनि लामो समय लागेको थियो। सडक निर्माण नसकिँदा स्थानीयवासीले लामो समयसम्म समस्या भोगेका थिए।