BIZMANDU
www.bizmandu.com

सानिमा मिडिल तमोरको सेयर २६ गतेबाट सर्वसाधारणलाई, ३० गतेसम्म आवेदन दिन पाइने

२०७९ फागुन १५

सानिमा मिडिल तमोरको सेयर २६ गतेबाट सर्वसाधारणलाई, ३० गतेसम्म आवेदन दिन पाइने
सानिमा मिडिल तमोरको सेयर २६ गतेबाट सर्वसाधारणलाई, ३० गतेसम्म आवेदन दिन पाइने

काठमाडौं। सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेडले आम सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ। 

Tata
GBIME

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि साधारण सेयर जारी गरिसकेको छ।

कम्पनीले फागुन २६ देखि ३० गतेसम्म सेयर जारी गर्ने भएको हो। 

कम्पनीको सेयरमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिन्छ।

कम्पनीको जारी पुँजी ३ अर्ब ३३ करोड २५ लाख रुपैयाँको सेयर सर्वसाधारण, परियोजना प्रभावित र रोजगारीमा गएकाहरुका लागि छुट्याएको थियो।