BIZMANDU
www.bizmandu.com

वाइवाइ चाउचाउ बेच्ने चौधरी समूहको सिजी फुड्सको व्यापार ४ वर्षयताकै सर्वाधिक, ८ अर्ब नाघ्यो

२०७९ फागुन १४

वाइवाइ चाउचाउ बेच्ने चौधरी समूहको सिजी फुड्सको व्यापार ४ वर्षयताकै सर्वाधिक, ८ अर्ब नाघ्यो
वाइवाइ चाउचाउ बेच्ने चौधरी समूहको सिजी फुड्सको व्यापार ४ वर्षयताकै सर्वाधिक, ८ अर्ब नाघ्यो


काठमाडौं। वाइवाइ चाउचाउ उत्पादन गर्ने चौधरी समूहको सिजी फुड्स (नेपाल) ले एकैवर्ष ८ अर्बभन्दा बढीको कारोबार गरेको छ।

Tata
GBIME
Nepal Life

रेटिङ एजेन्सी इक्रा नेपालका अनुसार कम्पनीले सन् २०२१/२२ मा ८ अर्ब १ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ। अघिल्लो वर्ष २०२०/२१ मा कम्पनीले ७ अर्ब २३ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो।

२०१९/२० कम्पनीले ५ अर्ब ६६ करोड ४० लाख र २०१८/१९ मा ६ अर्ब ८९ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो।

सिजी फुड्स चौधरी समूहको सबैभन्दा पुरानोमध्येको युनिट हो। एफएमसीजी प्रडक्ट उत्पादन गर्ने यो कम्पनीले थाइल्यान्डको थाइ प्रिजर्ब्ड फुड फ्याक्ट्रीसँगको प्राविधिक सहकार्यमा काठमाडौंमा पहिलो फ्याक्ट्री संचालनमा ल्याएको थियो। कम्पनी सन् १९८४ देखि संचालनमा छ।

प्रसिद्ध चाउचाउ ब्राण्ड वाइवाइसँगै कम्पनीले रिओ र क्‍विक्स ब्राण्डमा आफ्नो प्रडक्ट उत्पादन गरेर बेच्छ। कम्पनीमा निर्वाण चौधरीको ७६ प्रतिशत, एपोलो इन्भेष्टमेन्ट प्रालिको २० प्रतिशत, वरुण चौधरीको ४ प्रतिशत र राहुल चौधरीको ०.२ प्रतिशत सेयर स्वामित्व छ।

कम्पनीले करोड १ अर्ब रुपैयाँको अल्पकालीन ऋणका लागि इक्रा नेपालबाट एनपी ए वान रेटिङ पाएको छ।