BIZMANDU
www.bizmandu.com

सरकारले पुरानो ८.१३ अर्ब सहित १५ अर्ब रुपैयाँ बढि आन्तरिक ऋण सोमबार उठाउँदै

२०७९ फागुन १४

सरकारले पुरानो ८.१३ अर्ब सहित १५ अर्ब रुपैयाँ बढि आन्तरिक ऋण सोमबार उठाउँदै
सरकारले पुरानो ८.१३ अर्ब सहित १५ अर्ब रुपैयाँ बढि आन्तरिक ऋण सोमबार उठाउँदै


काठमाडौं। सरकारले पुरानो ८ अर्ब १३ करोड नवीकरणसहित १५ अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने भएको छ।

Tata
GBIME
NLIC

राष्ट्र बैंकमार्फत सरकारले सोमबार आन्तरिक ऋण उठाउन लागेको हो। सरकारले ७ अर्ब रुपैयाँ नयाँ ऋण लिने छ।

राष्ट्र बैंकले सरकारका लागि ट्रेजरी बिलमार्फत आन्तरिक ऋण उठाइदिने छ।

राष्ट्र बैंकले २८ दिने ट्रेजरी मार्फत ५ अर्ब र ९१ दिनेमार्पत ३ अर्ब १३ करोड ऋण उठाइ दिने छ। यो यसअघि उठाइसकेको ऋण हो, सोमबार नवीकरण गर्न लागिएको हो।

३६४ दिने ट्रेजरी मार्फत भने नयाँ ऋण उठाउन लागिएको छ। यो सात अर्ब रुपैयाँको हुने छ।

यसअघि २८ दिनेको ब्याज ७.२५ प्रतिशत र ९१ दिनेको ९.५७ प्रतिशत कायम भएको थियो। ३६४ दिनेको १०.०९ प्रतिशत कायम भएको थियो।