BIZMANDU
www.bizmandu.com

वैकल्पिक ऊर्जा प्रवर्द्धनमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्‍‍‍वान, १० वर्ष अनुभवी माग

२०७९ फागुन १४

वैकल्पिक ऊर्जा प्रवर्द्धनमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्‍‍‍वान, १० वर्ष अनुभवी माग
वैकल्पिक ऊर्जा प्रवर्द्धनमा कार्यकारी निर्देशकका लागि दरखास्त आह्‍‍‍वान, १० वर्ष अनुभवी माग

काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको कार्यकारी निर्देशक नियुक्तिका लागि विज्ञापन खुलाएको छ।

Tata
GBIME

मन्त्रालयले आइतबार सूचना निकालेर रिक्त कार्यकारी निर्देशक पदमा खुल्ला प्रतिस्पर्धाबाट नियुक्त गर्न लागिएको उल्लेख गरेको छ।

इच्छुक नेपाली नागरिकलाई १५ दिनभित्र आवेदन दिन आग्रह गरिएको छ। दरखास्त दिनेले मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, इन्जिनियरिङ वा ऊर्जा सम्बन्धी बिषयमा स्नातकोत्तर गरेको हुनुपर्ने शैक्षिक योग्या तोकिएको छ। साथै वैकल्पिक ऊर्जाको क्षेत्रमा १० वर्ष काम गरेको अनुभवी हुनुपर्ने खोजिएको छ।

शैक्षिक योग्यता, कार्य अनुभुव तालिम तथा सम्पर्क ठेगानासहितको उम्मेदवारको हस्ताक्षर भएको विस्तृत वैयक्तिक विवरण पेस गर्न सूचनामा भनिएको छ। उम्मेदवारले नेपालमा वैकल्पिक ऊर्जा प्रवर्द्धनको वर्तमान अवस्था, सम्भाव्यता, चुनौती एवम् रणनीति लगायतका विषय सहितको ४ वर्षे व्यवसायिक कार्ययोजना पेस गर्नुपर्नेछ।