BIZMANDU
www.bizmandu.com

एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ, पार्टी सचिवालय बैठकले गर्‍यो निर्णय

२०७९ फागुन १३

एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ, पार्टी सचिवालय बैठकले गर्‍यो निर्णय
एमालेबाट राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ, पार्टी सचिवालय बैठकले गर्‍यो निर्णय

काठमाडौं। एमालेले पार्टी उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ। शनिवार बिहान बसेको पार्टीको सचिवालयको बैठकले उक्त निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

नेम्वाङ पूर्वसभामुख, पार्टी उपाध्यक्ष र इलाम-२ बाट प्रतिनिधिसभा सदस्य हुन्। राष्ट्रपतिका लागि माओवादीसँगको सहकार्य टुटेपछि एमालेले छुट्टै निर्णय गरेको हो।

‘हाम्रो पार्टीको १७ औं सचिवालय बैठकले पुस १० गते गठबन्धनको बीचमा भएको सहमतिअनुसार एमालेले आफ्नो तर्फबाट राष्ट्रपतिको उम्मेदवारमा सर्वसम्मत रुपले हाम्रो पार्टीको उपाध्यक्ष, पूर्व सभामुख, संविधान सभाका अध्यक्ष माननीय सुवास नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरेको छ,’ पार्टी प्रवक्ता पृथ्वीसुब्बा गुरुङले भने,’उहाँको पक्षमा नेपाली कांग्रेसबाहेक सम्पूर्ण दललाई सहयोगका लागि पत्राचार गर्ने निर्णयसमेत गरेको छ।’

एमालेको मागअनुसार राष्ट्रपति चयनमा माओवादी नमानेपछि छुट्टाछुट्टै गठबन्धन हुने भएको हो।

कांग्रेसले बिहानै वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउने निर्णय गरिसकेको छ। आज राष्ट्रपतिको उम्मेदवारले मनोनयन गर्ने कार्यतालिका छ।