BIZMANDU
www.bizmandu.com

अमेरिकीसँग २१ अर्ब डलर बराबरका उपहार कार्ड प्रयोगविहीन, यसले पैसा फ्रीज भयो- प्रतिवेदन

२०७९ फागुन १२

अमेरिकीसँग २१ अर्ब डलर बराबरका उपहार कार्ड प्रयोगविहीन, यसले पैसा फ्रीज भयो- प्रतिवेदन
अमेरिकीसँग २१ अर्ब डलर बराबरका उपहार कार्ड प्रयोगविहीन, यसले पैसा फ्रीज भयो- प्रतिवेदन

काठमाडौं। अमेरिकीमा विनिमय कारोबारमा सर्वाधिक प्रयोग कार्डको हुन्छ। डेबिट-क्रेडिट कार्ड, मास्टर कार्ड र उपहार दिन मिल्ने कार्ड, सँगसँगै बैंक वित्तीय संस्थाका निश्चित कारोबारका लागि जारी हुने सहित कार्डको प्रयोग अत्यधिक छ। तर, अमेरिकी जनतासँग प्रयोगविहीन उपहार कार्डहरू २१ अर्ब डलर बराबरको रहेको एक प्रतिवेदनले देखाएको छ।

Tata
GBIME
Nepal Life

क्रेडिट समिट, वित्तीय सल्लाहकार सेवाहरूको अनलाइन प्रदायकको नयाँ रिपोर्ट अनुसार लगभग दुई तिहाइ अमेरिकी उपभोक्तासँग कम्तिमा एउटा प्रयोग नगरिएको उपहार कार्ड दराज, खल्ती, वालेट वा पर्समा टाँसिएको हुन्छ। ती उपभोक्तामध्ये कम्तिमा आधाले प्रयोग गर्नु अघि उपहार कार्ड गुमाउँछन्।

अमेरिकीसँग लगभग प्रयोगविहीन उपहार कार्ड मात्र २१ अर्ब डलर मूल्य बराबरको रहेको प्रतिवेदनले देखाएको छ। सर्वेक्षण गरिएकामध्ये धेरैजसो उपहार कार्डहरु सबै २०० डलर मूल्यका थिए।

क्रेडिट समिट रिपोर्टले १६ वर्ष माथिका १२०० उपभोक्ताका साथ डिसेम्बर २०२२ को सर्वेक्षणमा आधारित रहेर रिर्पोट तयारी पारिएको जनाएको छ। सर्वेक्षण गरिएकामध्ये ६० प्रतिशत महिला थिए। साथै सर्वेक्षण गरिएकाहरूको आम्दानी प्रति वर्ष २५ हजार डलरदेखि १ लाख ५० हजार डलरभन्दा बढी थियो।

खरिद गरिएका उपहार कार्डहरू अत्यन्त लोकप्रिय छन्। तर धेरै मानिसहरू एक समय पार गरेपछि त्यसलाई विशेष रुपमा आफ्ना दराजमा राख्‍ने गर्छन्।

उपहार कार्डको प्रयोगमा गरिएको छुट्टै अध्ययनले गत वर्ष प्रयोग नगरिएका उपहार कार्डहरूको औसत रकम प्रतिव्यक्ति  १७५ डलर निकालेको थियो। जुन २०२१ मा ११६ डलरबाट बढेको पाइएको छ।

प्रतिवेदनका अनुसार मानिसहरुले बढ्दो मुद्रास्फीतिका बाबुजुद पनि उक्त प्रयोगविहीन कार्डहरु बेच्न बजारमा राखेनन्। यसले २१ अर्ब डलर बराबरको पैसा फ्रिज भएको उक्त प्रतिवेदनले जनाएको छ। किनकि मुद्रास्फीतिले मूल्यलाई खाइरहेको छ। यस्ता प्रयोगविहीन उपहारको पनि दिनप्रति दिन मूल्य घट्दै गइरहेको छ।

यस्तै क्रेडिटकार्ड डटकमद्वारा जुलाई २०२२ मा २ हजार ३२७ मानिसमा गरिएको सर्वेक्षण अनुसार ४७ प्रतिशत मानिसहरुमा एउटा प्रयोगविहीन उपहार कार्ड भौचर वा स्टोर क्रेडिट रहेको पाइएको छ।

प्रतिवेदनले त्यस्ता प्रयोग बिहिन उपहार कार्डहरु अनलाइन तथा केही सपिङ प्लाटफर्ममा बिक्री गर्न समेत आग्रह गरेको छ।

उपहार कार्ड भुक्तानीको एक प्रकार हो जुन खुद्रा पसल, ग्यास स्टेशन, रेस्टुरेन्ट र अन्य स्थानहरूमा खरिद गर्न प्रयोग गर्न सकिन्छ।