BIZMANDU
www.bizmandu.com

ग्लोबल आइएमई बैंक र पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता, बैंक जमानत सुविधा सहजै पाउने

२०७९ फागुन १२

ग्लोबल आइएमई बैंक र पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता, बैंक जमानत सुविधा सहजै पाउने
ग्लोबल आइएमई बैंक र पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच सम्झौता, बैंक जमानत सुविधा सहजै पाउने

Tata
GBIME
Nepal Life

काठमाडौं। ग्लोबल आइएमई बैंक र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघबीच महासंघका सदस्यहरुलाई आवश्यक पर्ने राजदुतावास इजाजतको लागि जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने तथा नवीकरण गराउने सम्बन्धी सम्झौता सम्पन्न भएको छ ।

उक्त सम्झौता कार्यान्वयनका निमित्त एक समझदारी पत्रमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघका अध्यक्ष मनोज कुमार दासले हस्ताक्षर गरे।

सम्झौता अनुरुप नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघअन्तर्गतका संघका सदस्यहरुले नेपाल आयल निगमबाट आवश्यक इजाजत लिई भारतबाट पेट्रोलियम पदार्थको ढुवानी गर्ने कामको लागि अनिवार्य पर्फमेन्स बोन्ड पेश गर्नुपर्ने हुन्छ।

यसका  लागि नेपालस्थित भारतीय राजदूतावासको नाममा जारी गर्नुपर्ने बैंक जमानत पत्र लिने तथा नवीकरण प्रयोजनका लागि बैंकको जुनसुकै शाखाबाट सहुलियतपूर्ण ढङ्गले पर्फमेन्स बैंक जमानत सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले तीनसय ६५ शाखा कार्यालय, तीनसय ६७ एटिएम, तीनसय २१ शाखा रहित बैंकिङ्ग सेवा, ६३ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढि सेवा केन्द्रबाट ४० लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको जनाएको छ ।

बैंकले अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स समेत भित्र्याउँदै आइरहेको जारी बिज्ञप्तीमा उल्लेख छ।