BIZMANDU
www.bizmandu.com

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा नवीकरण शुल्क तिर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट पाइने

२०७९ फागुन ११

महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा नवीकरण शुल्क तिर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट पाइने
महालक्ष्मी लाइफ इन्स्योरेन्सको बीमा नवीकरण शुल्क तिर्दा विलम्ब शुल्कमा २५ प्रतिशत छुट पाइने

काठमाडौं। महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले नवीकरण बीमाशुल्कमा लाग्ने विलम्ब शुल्कमा छुट दिने भएको छ।

Tata
GBIME

कम्पनीबाट जारी भएका बीमालेखहरु मध्ये २ वर्षको नवीकरण बीमाशुल्क भुक्तानी गर्नुपर्दा शुल्कमा छुट २५ प्रतिशत छुट दिएको हो।

कम्पनीका अनुसार २०७७ फागुन १० देखि २०७९ फागुन ९ गतेभित्र भएका बीमालेखहरुको नवीकरण बीमाशुल्क आगामी चैत्र ९ गतेभित्र भुक्तानी गरेमा यो सुविधा पाइनेछ।

यसभन्दा पहिले छुट सुविधा प्राप्त गरिसकेका बीमालेखहरुमा यो छुट उपलब्ध नहुने पनि जारी विज्ञप्तीमा उल्लेख छ।