BIZMANDU
www.bizmandu.com

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट, कतिमा हुँदैछ कारोबार?

२०७९ फागुन ११

सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट, कतिमा हुँदैछ कारोबार?
सुनको भाउ तोलामा ५ सय रुपैयाँले घट्यो, चाँदीमा पनि गिरावट, कतिमा हुँदैछ कारोबार?


काठमाडौं। सुनको मूल्य बिहीबार केही घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा ५ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ।

Tata
GBIME
Nepal Life

बुधबार सुन प्रतितोला एक लाख ३ हजार रुपैयाँमा कारोबार भएको थियो। चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ।

बिहीबार चाँदी प्रतितोला एक हजार २ सय ८५ रुपैयाँ कायम छ। बुधबार चाँदी तोलामा ५ रुपैयाँले बढेर प्रतितोला एक हजार २ सय ९५ रुपैयाँ थियो ।

अन्तराष्ट्रिय बजारमा बुधबार सुनको मूल्यमा थोरै गिरावट आएको छ। सुन प्रतिऔंस १८२४.९३ डलरमा कारोबार भइरहेको छ।चाँदी प्रतिऔंस २१.६५ डलर छ। बुधबार सुन प्रतिऔंस १८३५.६२ डलर र चाँदी प्रतिऔंस २१.८१ डलर थियो।