BIZMANDU
www.bizmandu.com

१४१ अंक गुमाएको बजारमा एकैदिन ३३.५७ अंकको पुनरागमन, किन बेच्दैछन् लघुवित्तको सेयर?

२०७९ फागुन १०

१४१ अंक गुमाएको बजारमा एकैदिन ३३.५७ अंकको पुनरागमन, किन बेच्दैछन् लघुवित्तको सेयर?
१४१ अंक गुमाएको बजारमा एकैदिन ३३.५७ अंकको पुनरागमन, किन बेच्दैछन् लघुवित्तको सेयर?

काठमाडौं। निरन्तर घटेको सेयर बजारले बुधबार लय परिवर्तन गरेको छ। १४१ अंक गुमाएको सेयर बजारले आज ३३.५७ अंकको पुनरागमन लिएको हो।

Tata
GBIME
Nepal Life

बजार २०८० को विन्दुमा उक्लिएको छ। उपसूचकहरुले पनि हरियाली कायम गर्दै गर्दा राष्ट्र बैंकको अभिव्यक्तिपछि लघुवित्तको सेयरमा भने बिक्री चाप देखिएको छ। 

प्रमुख सूचक १.६४ प्रतिशत उक्लिँदा पनि लघुवित्त उपसूचकले १.४० प्रतिशत गुमाएको छ। कारोबारमा आएका ५८ कम्पनीका सेयर मध्ये ४६ वटाको सेयर मूल्यमा फराकिलो गिरावट देखिन्छ।

राष्ट्र बैंकका एक अधिकारीले हालै आयोजित सम्मेलनमा लघुवित्तहरुले आफ्नो प्रमुख उदेश्य छाडी नाफा केन्द्रित व्यवसाय र सेयर बजारमा मूल्य उच्च राख्ने क्रियाकलाप गर्न थालेको आरोप लगाएको थियो। परिणाम स्वरुप लघुवित्तहरुको सेयर बेच्नेहरु ह्वात्तै बढेका हुन्।

बजार बढेपनि कारोबारमा चमक भने छैन। राष्ट्रपति चुनाव नजिकिँदै गर्दा राजनीतिक अस्थिरता पनि देखिने लगानीकर्तामा त्रास छ। बुधबार एक अर्ब ८० करोड रुपैयाँको सेयर किनबेच भएको हो।

कारोबारको शिर्ष स्थान हिमालयन डिष्टिलरीले ओगटेको छ। कम्पनी एक्लैको १३ करोड २७ लाख रुपैयाँको सेयर किनबेच भयो। विशेषगरी दोस्रो त्रैमासको प्रतिवेदनप्रति निराश लगानीकर्ताको मनोबल खुम्चिँदा मूल्यमा तीव्र गिरावट आएको थियो। 

कम्पनीको सेयर मूल्य २३२० रुपैयाँमा आएलगत्तै खरिद गर्नेहरु बाक्लिएका छन्। ०.६७ प्रतिश बढेर मूल्य २४ माथि पुगेको छ। आज सेयर मूल्यमा ८८ रुपैयाँको उतारचढाव देखिएको छ।