BIZMANDU
www.bizmandu.com

‘मेटा भेरिफाइड’ मा होलान् प्रयोगकर्ता आकर्षित ? एक वर्षमा १ करोड २० लाख हुने प्रक्षेपण 

२०७९ फागुन १०

‘मेटा भेरिफाइड’ मा होलान् प्रयोगकर्ता आकर्षित ? एक वर्षमा १ करोड २० लाख हुने प्रक्षेपण 
‘मेटा भेरिफाइड’ मा होलान् प्रयोगकर्ता आकर्षित ? एक वर्षमा १ करोड २० लाख हुने प्रक्षेपण 


काठमाडौं। फेसबुकको माउ कम्पनी मेटाले यसै हप्ता सुरू गरेको ‘मेटा भेरिफाइड’ नामक सब्सक्रिप्सन सेवामा प्रयोगकर्ताको सहभागिताको संख्यात्मक अवस्था कस्तो रहला? सार्वजनिक भइरहेका अनुमानहरु बीच सन् २०२४ मा झण्डै १ करोड २० लाख सब्सक्राइबरहरू हुने प्रक्षेपण बैंक अफ अमेरिकाले गरेको छ।

Tata
GBIME
NLIC

मेटा भेरिफाइड ट्‍वीटरले दिनेजस्तै ग्राहक पहिचानको सेवा हो। मेटाअन्तर्गत फेसबुक, म्यासेन्जर, इन्स्टाग्राम, ह्‍वाट्सअप र मेटा क्वेस्ट लगायतका सामाजिक सञ्जाल छन्। एक अनुसन्धानको रिपोर्ट अनुसार मेटाको उक्त सेवामार्फत प्रयोगकर्ताहरुले नक्कली अकाउन्टविरुद्ध सुरक्षा पाउनेछन्। सेवा प्रयोगकर्ताले कस्टमर सपोर्टमा प्रत्यक्ष पहुँच तथा ‘धेरै भिजिबिलिटी र रिच’ पाउने मेटाका प्रमुख कार्यकारी मार्क जुकरबर्गले बताएका छन्।

प्रयोगकर्ताहरूले इन्स्टाग्राम र फेसबुकका आफ्ना अकाउन्टमा ‘ब्लु टिक’ पाउन प्रतिमहिना करिब १५ अमेरिकी डलरसम्म तिर्नु पर्नेछ। प्रयोगकर्ताले आफ्नो पहिचान प्रमाणित गरेर यस सेवामार्फत ‘ब्लु टिक’ पाउन सक्नेछन्। यो सेवा हाल न्युजिल्याण्ड र अस्ट्रेलियामा परीक्षण भइरहेको छ।

नयाँ आम्दानीको स्रोत बनाउन खोज्दै सुरू गरेको यस सेवाबाट मेटाले १.७ अर्बसम्म आम्दानी बनाउन सक्ने बैंक अफ अमेरिकाका विश्लेषकहरूले अनुमान गरेका छन्।

बैंक अफ अमेरिकाका विश्लेषकहरूले मेटाको यस सब्सक्राइबरहरू सेवा क्रिएटर, व्यवसाय तथा इन्फ्लुएन्सरहरू माझ लोकप्रिय हुन सक्ने पनि बताएका छन्। यस सेवाले उनीहरूको भिजीबिटी बढाउन मद्दत गर्न सक्ने हुनाले इन्फ्लुएन्सरहरू उस सेवामा आकर्षित हुने बताएका हुन् ।

पछिल्लो एक वर्ष यता सामाजिक सञ्जाल फर्महरूबीच सब्सक्रिप्सन सेवाहरू लोकप्रिय हुँदैछन्। अघिल्लो वर्ष सोसल मिडिया प्लेटफर्म स्न्यापले सब्सक्रिप्सन सेवा सुरु गरेको थियो। यसअन्तर्गत यसले १० लाख भन्दा बढी ग्राहकहरुले यो सेवा प्रयोग गरिसकेका छन्।

त्यस्तै, ट्वीटर खरिद गरेपछि इलन मस्कले ‘ट्वीटर ब्लु’ नामक सब्सक्रिप्सन सेवा सुरु गरेका छन्। 

पछिल्ला महिनामा ट्वीटरले भारत र इन्डोनेसियासहित दर्जन बढी बजारमा ‘ट्वीटर ब्लु’को विस्तार गरिसकेको छ। हालसम्म ‘ट्वीटर ब्लु’का करिब १ लाख ८० हजार ग्राहक छन्। (सीएबीसीबाट साभार)