BIZMANDU
www.bizmandu.com

मोलुङ हाइड्रोपावरको आइपीओ भर्न आज अन्तिम दिन, परिसक्यो ५ गुणाभन्दा बढी आवेदन

२०७९ फागुन १०

मोलुङ हाइड्रोपावरको आइपीओ भर्न आज अन्तिम दिन, परिसक्यो ५ गुणाभन्दा बढी आवेदन
मोलुङ हाइड्रोपावरको आइपीओ भर्न आज अन्तिम दिन, परिसक्यो ५ गुणाभन्दा बढी आवेदन


काठमाडौं। मोलुङ हाइड्रोपावर कम्पनीले ल्याएको आइपीओमा आवेदन दिन आज अन्तिम दिन हो। कम्पनीले फागुन ४ गतेबाट सर्वसाधारणका लागि दरखास्त खुला गरेको हो।

Tata
GBIME
NLIC

सेयर दरखास्त लिन बुधबार कार्यालय समयपछि बन्द हुनेछ। कम्पनीले २२ लाख ६४ हजार ६५५ कित्ता साधारण सेयर सर्वसाधारणमा निष्कासन तथा बिक्री खुला गरेको थियो।

आवेदकहरुबाट मागभन्दा बढी सेयर खरिदका लागि आवेदन परेको कम्पनीले जनाएको छ। मोलुङको २७ करोड २८ लाख रुपैयाँ बराबरको आइपीओमा हालसम्म १ अर्ब ५२ करोड १६ लाख रुपैयाँ बराबरको आवेदन परिसकेको छ।

सेयर खरिदका लागि अंकित मूल्य प्रति कित्ता १०० रुपैयाँका दरले न्यूनतम १० कित्ता र अधिकतम ८ हजार कित्ताका लागि आवेदन दिन सकिन्छ।