BIZMANDU
www.bizmandu.com

सामुदायिक लघुवित्तको लाभांश दर घट्यो, पोहोर ३३ पाएका सेयरधनीलाई योपल्ट २१ प्रतिशत

२०७९ फागुन १०

सामुदायिक लघुवित्तको लाभांश दर घट्यो, पोहोर ३३ पाएका सेयरधनीलाई योपल्ट २१ प्रतिशत
सामुदायिक लघुवित्तको लाभांश दर घट्यो, पोहोर ३३ पाएका सेयरधनीलाई योपल्ट २१ प्रतिशत


काठमाडौं। सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरणको प्रस्ताव अघि सारेको छ। लघुवित्तले गत आर्थिक वर्षका लागि कुल २१.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

Tata
GBIME
NLIC

हाल लघुवित्तको चुक्ता पुँजी १३ करोड २० लाख रहेको छ। लघुवित्तले यसको १० प्रतिशतले हुन आउने १ करोड ३२ लाख बराबरको बोनस सेयर वितरण गर्ने भएको छ। यसैगरी ११.०५ प्रतिशतले हुन आउने १ करोड ४५ लाख बराबरको नगद लाभांश वितरण प्रस्ताव गरेको हो।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृति भइ आगामी वार्षिक साधारण सभाबाट अनुमोदन भएपश्चात मात्र लघुवित्तले लगानीकर्ताहरुलाई वितरण गर्ने छ।

आर्थिक वर्ष २०७७/७८ मा लघुवित्तले लगानीकर्तालाई ३२ प्रतिशत बोनस सेयर तथा १.६८ प्रतिशत नगद लाभांश गरी कुल ३३.६८ प्रतिशत लाभांश वितरण गरेको थियो।