काठमाडौं। नबिल बैंकको संस्थापक सेयर बिक्रीमा आएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनीको नाममा रहेको तीन लाख कित्ता सेयर बिक्री आह्वान गरेको हो। सेयर सिलबन्दी बोलकबोल गरी बिक्री हुँदैछ।
उक्त सेयरका लागि जो कोही व्यक्ति अथवा संस्थाले बोलकबोल पेस गर्न सक्नेछन्। विद्यमान संस्थापक सेयरधनीले पनि खरिद गर्न पाउने बताइएको छ।
खरिद गर्न इच्छुकले फागुन २५ गतेभित्र आवेदन दिन सक्ने बैंकले जनाएको छ। सूचना बुधबार जारी भएको हो। सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४७५ रुपैयाँ तोकिएको छ। कम्तिमा एक हजार कित्ताका लागि आवेदन पेस गर्नु पर्नेछ। सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिने बताइएको छ।
आवेदन फाराम बैंकको बिक्री प्रबन्धक सनराइज क्यापिटलबाट प्राप्त गर्न तथा बुझाउन सकिने बैंकले जनाएको छ।