BIZMANDU
www.bizmandu.com

नेपाल-भारत सीमामा १०० किलो सुन समातियो, नेपाल कनेक्सनको सम्भावनामाथि अनुसन्धान

२०७९ फागुन १०

नेपाल-भारत सीमामा १०० किलो सुन समातियो, नेपाल कनेक्सनको सम्भावनामाथि अनुसन्धान
नेपाल-भारत सीमामा १०० किलो सुन समातियो, नेपाल कनेक्सनको सम्भावनामाथि अनुसन्धान


काठमाडौं। भारतको राजस्व अनुसन्धान निर्देशनालय टोली (डीआरआई) ले सुन तस्करी गर्ने गिरोहलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ।

Tata
GBIME
Nepal Life

नेपाल-भारतको सीमाबाट सुडानी नागरिकलाई नियन्त्रणमा लिएको विभागको दाबी छ। भारतीय मूल्य ५१ करोड रुपैयाँ बराबरको १ सय १ किलो सुन बरामद गरेको निर्देशनालयले जनाएको छ। त्यस्तै तस्कर समूहका १० जनालाई नियन्त्रणमा लिएको छ। जसमा ७ सुडानी र तीन जना भारतीय छन्।

यो सुन तस्करीको कनेक्सन नेपालसम्म देखिने भारतीय पक्षको दाबी छ। त्यसो त नेपाल प्रहरीले सुन बरामद र भरिया पक्राउ गरेका हालसम्मका घटनाको अनुसन्धानमा तस्करीको सुन भारत जाने खुल्दै आएको छ। त्यस्तो ओसारपसारमा लगानी पनि भारतीय नागरिकको हुने गरेको खुलेका छन्।

भारतको पटना, पुणे र मुम्बईबाट सुन जफत गरेको हो। त्यस्तै अपरेसनमा १ करोड ३५ लाख भारतीय तथा विदेशी मुद्रा समेत बरामद गरेको जानकारी दिएको छ। 

डीआरआईको अनुसन्धानको क्रममा सुनलाई झोल बनाएर नेपालको सीमाबाट भारत पुर्‍याएको देखिएको छ। त्यसपछि बस र रेलको माध्यमबाट भारतको विभिन्न ठाउँमा पुर्‍याउने गरिएको छ। नेपाल प्रहरीले पनि त्रिभुवन विमानस्थलबाट सुनलाई विभिन्न आकार, रंग तथा झोल बनाएर ल्याएको अवस्था बरामद गरेका छन्। नेपालमा धेरै जसो सुन दुबईबाट भित्रिने गरेको अघिल्ला घटनाले देखाएको छ। भारतमा बरामद भएको सुनको प्रकृति पनि नेपालमा बरामद हुने गरेको तस्करीको ट्रेनसँग मिल्दोजुल्दो देखिएको छ।

डीआरआईले  आइतबार राति तीन सुडानी नागरिकलाई नियन्त्रणमा लिएको थियो। उनीहरु उनीहरु भारतको पटना रेल स्टेसनमा मुम्बई जानको लागि तयारी रहेको अवस्थामा नियन्त्रणमा लिएको थियो। उनीले विशेष तरिकाले तस्करीका लागि बनाएको ज्याकेटमा ४० वटा प्याकेटमा ३७ किलो सुन लुकाएका थिए। सुनको पेस्ट बनाएर राखिएको थियो।

उनीहरुलाई पक्राउ गरेपछि डीआरआइले आफ्नो अपरेसन जारी राखेको थियो। उनीहरुको प्रारम्भिक बयानको आधारमा अन्य सुडानी नागरिक समेत पक्राउ परेका थिए। नेपालको सीमा क्षेत्रबाट सोमबार दुई महिलालाई साढे ५ किलो सुनसहित पक्राउ गर्न सफल भएको थियो। उनीहरु सुन लिएर हैदराबादबाट मुम्बई गइरहेका थिए।

त्यस्तै डीआरआइले अर्को अपरेसन गर्‍यो। पटनाबाट मुम्बई गइरहेको बसलाई रोक्यो। दुई सुडानी नागरिकको साथबाट साढे ३८ किलो सुन भेटिएको थियो। ४० वटा प्याकेटमा राखिएको अवस्थाममा सुन भेटिएको हो।

सुन तस्करीको कनेक्सन नेपालमा !

नेपाललाई ट्रान्जिट बनाएर भारतसम्म सुन तस्करी हुने गरेको पुष्टि अघिल्ला घटनाहरुले गरेका छन्। भारतीय नागरिकको लगानीमा विदेशी नागरिक समेत प्रयोग गरेर विमानस्थल नै प्रयोग गरि सुन तस्करी हुने गरेका छन्।

पछिल्लो समय सुडानी नागरिकको प्रयोग हुन थालेको छ। गत पुस ८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विमानस्थल भन्सार कार्यालयको टोलीले अवैध सुनसहित एक सुडानी नागरिकलाई पक्राउ गरेको थियो। भारतमा आइतबार बरामद भएको शैलीमा नै सुडानी नागरिकले सुन ल्याएका थिए।

पुस ८ गते सुडानी नागरिक मोहम्मद अहमद डाफल्ला साराफेल्दिन कम्मरमा बाँधेर सुनलाई अर्ध-ठोस बनाएर नेपाल ल्याएका थिए। भन्सार कार्यालयले पक्राउ गरेपछि २५ दिनभित्र अनुसन्धान सक्नुपर्ने कानुनी व्यवस्था छ। सोहीअनुसार भन्सारले दुई सुडानी नागरिकको अध्ययन सकेर मुद्दा सरकारी वकिललाई बुझाएको थियो।

उक्त मुद्दामा अध्ययन नपुगेको भन्दै सरकारी वकिलको रायअनुसार नै सीआइबीलाई अनुसन्धानको जिम्मा दिइएको थियो।

ब्युरोको अनुसन्धानमा सुन ल्याउने सुडानी नागरिक भरिया भएको खुलेको थियो। तर, तस्करीमा भारतीय नागरिकको संलग्नता भएको खुलेको छ। जुन घटनाको पहेली भारतमा सामातिएका सुन तस्करसँग पनि मिल्ने देखिन्छ।

‘हाम्रो अनुसन्धानमा सुन भारत जाने र भारतीय नागरिकको पनि संलग्नता भएको प्रारम्भिक रुपमा देखिएको छ,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।

उनले विदेशमा ल्याएको १९ किलो सुन लिन आएका अर्का सुडानी नागरिकलाई पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। पक्राउ परेका अहमद मोहम्मद इब्राहिम मोहम्मदले दुबई हुँदै नेपाल आएको सुन भारत लग्ने जिम्मेवारी पाएका थिए। उनले यसअघि पनि भारत सुन लगेको प्रहरीको अनुसन्धानमा खुलेको छ। उनको बयानको क्रममा भारतीय नागरिकको संलग्नता भएको खुलेको थियो।

कानुन, सुरक्षाको कमजोरी र खुल्ला सिमानाको फाइदा लिदैं सुन तस्करीले नेपाली भुमीलाई ट्रान्जिट बनाएर तस्करी गर्ने गरेका छन्। जसमा नेपालका केही व्यापारी देखि प्रहरीको संलग्नता भएको आरोप समेत लाग्ने गरेको छ।