BIZMANDU
www.bizmandu.com

ट्याक्सीवेबाटै फर्किएको सौर्यको जहाज तीन घण्टापछि उड्यो, ‘इरर संकेत फेरि देखिएन’

२०७९ फागुन ९

ट्याक्सीवेबाटै फर्किएको सौर्यको जहाज तीन घण्टापछि उड्यो, ‘इरर संकेत फेरि देखिएन’
ट्याक्सीवेबाटै फर्किएको सौर्यको जहाज तीन घण्टापछि उड्यो, ‘इरर संकेत फेरि देखिएन’


काठमाडौं। मंगलबार विहान काठमाडौं-विराटनगर उडान गर्ने क्रममा प्राविधिक समस्या आएको सौर्यको जहाजले तीन घण्टा पछि उडान गरेको छ।

Tata
GBIME
Nepal Life

उडान नं. ७२१ को जहाजले चेकजाँच लगत्तै १२:३० बजे विराटनगर उडान गरिसकेको कम्पनीका बजार प्रमुख मुकेश खनालले बताए।  उनका अनुसार विहान ९:२५ बजे कम्पनीको नाइन एन-एएमइ कलसाइनको जहाज रनवेतर्फ लैजाने क्रममा इररको एउटा संकेत देखिएको थियो।

लगत्तै फर्काइएको उक्त जहाजले चेकजाँचपछि विराटनगर उडान भइसकेको बजार प्रमुख खनाल बताए। ‘अब समस्या छैन,’ उनले भने।

सौर्यको जहाजको उक्त समस्याबारे नागरिक उड्डयन प्राधिकरणले पनि चेकजाँबाट ठिक देखिएपछि उडान गर्न दिइएको जनाएको छ। ‘जहाजको प्रणालीले स्कोइरेल (जहाज अवतरण गर्दा बेग नियन्त्रण गर्ने उपकरण) मा समस्या आएको संकेत गरेको’ प्राधिकरणका एक अधिकारीले बताए। ‘त्यो जहाज फर्काएर चेकजाँच गर्दा ठिक देखिएपछि पुनः उडानमा गएको हो,’ उनले भने।

‘कहिलेकाहीँ कम्प्युटरले नै डिस्एग्री हुने फल्ट देखाउँछ। यस्तो इन्डिकेशनहरु पुनः जाँचमा नो फल्ट भनेर देखाएपछि मात्रै उडान गर्न दिइन्छ। हामीले कन्फीग्योर गरेर हेर्दा फेरि ठिक देखाएको छ,’ उनले भने,’कहिलेकाहीँ भाइब्रेसनका कारण पनि यस्तो समस्या आउँछ।’