BIZMANDU
www.bizmandu.com

जर्मन ब्रान्ड एलुप्लास्टको युपीभीसीका झ्याल-ढोका नेपालमा, नेपाल वीन्डोरले बिक्री गर्दै

२०७९ फागुन ७

जर्मन ब्रान्ड एलुप्लास्टको युपीभीसीका झ्याल-ढोका नेपालमा, नेपाल वीन्डोरले बिक्री गर्दै
जर्मन ब्रान्ड एलुप्लास्टको युपीभीसीका झ्याल-ढोका नेपालमा, नेपाल वीन्डोरले बिक्री गर्दै

काठमाडौं। जर्मन ब्रान्ड एलुप्लास्टको युपीभीसी झ्याल-ढोका नेपालमा उपलब्ध भएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले नेपाल वीन्डोर इन्ड्रस्ट्रिज प्रालिलाई आधिकारिक बिक्रेताको रुपमा एक वर्ष अगाडि छनोट गरेको थियो। यही कम्पनीसँग मिलेर एलुप्लास्टले आफ्नो युपीभीसीका झ्याल-ढोका नेपालमा बिक्री गरिरहेको छ। यसले सन् २०२१ देखि नेपाली बजारमा बिक्री सुरु गरेको थियो।

कम्पनीले शुक्रबार कन्स्ट्रक्सन स्टेकहोल्डर्स नेटवर्किङ मिट समेत आयोजना गरेको थियो। उक्त कार्यक्रममा सबै क्षेत्रका मानिसहरुको उपस्थिति रहेको थियो। कम्पनीले नेपाल वीन्डोरको वेवसाइट पनि सार्वजनिक गरेको छ।

कम्पनीले यसका लागि कच्चा पदार्थहरु सबै जर्मनीबाट आयात गर्ने गरेको कम्पनीका कार्यकारी निर्देशक रितिक अग्रवालले बताए।

कम्पनीका प्रबन्ध निर्देशक अनिक तिब्रेवाल हुन् भने ब्यापार विकास कार्यकारीको जिम्मेवारी राकेश अग्रवालले सम्हालेका छन्। प्रोडक्सन टिममा १४ जना कर्मचारी छन्। इन्स्टलेसन टिममा १० जना र ८ जना व्यवस्थापकीय कर्मचारी रहेको कम्पनीले जानकारी दिएको छ।

यसले काठमाडौं, बिराटनगर, पोखरा, वीरगंज, चितवन, हेटौंडा, सुर्खेत, बिर्तामोडमा शोरुम संचालनमा ल्याएको छ।

एलुप्लास्टले नेपालमा टिल्ट एन्ड टर्न, फोल्ड एन्ड स्लाइड भेरियो स्लाइड र स्मार्ट स्लाइड सिस्टम भएको युपीभीसी झ्याल-ढोका बिक्री गर्दै आइरहेको जनाएको छ।

अहिले नेपाल वीनडोरले क्लार्कस रिसोर्ट बिरगंज, राधेकृपा हाउजिङ वीरगंज र काठमाडौं, बिराटनगर र इटहरीका रेसिडेन्सियल एरियामा काम गरिरहेको छ। यसमा नेपाल वीनडोरले एलुप्लास्ट युपीभीसीका झ्याल-ढोका राख्ने काम गरिरहेको कम्पनीका कार्यकारी निर्देशक अग्रवाल बताउँछन्।

हालसम्म कम्पनीले एकसय ३४ वटा योजनाहरुमा एलुप्लास्टको युपीभीसीका झ्याल-ढोका राख्ने काम सम्पन्न गरिसकेको अग्रवालले बताए। यस्तै लभभग ११ वटामा काम भइरहेको अग्रवाल बताउँछन्।

यसको कारखाना ८ हजार स्क्वायर फिटमा अर्थात लगभग २ रोपनी जग्गामा निर्माण गरिएको छ। उक्त कारखाना बाराको लिपनीमलमा रहेको छ। यसमा सबै युरोपियन मेसिनहरु जडान गरिएको अग्रवाल बताउँछन्।

यसले युरोपियन प्रविधिसँगै झ्याल- ढोकाको फिनिसिङ र दीर्घकालीन पाटोलाई बढी जोड दिएको छ। यसले जर्मनीमा हुने गुणस्तर र नेपालमा पाइने यसको गुणस्तरमा कुनै कमी आउन नदिने दावी गरेको छ।

यो कारखानाबाट कम्पनीले मासिक ३० हजार स्क्वायर फिट युपीभीसी उत्पादन गर्न सक्छ। साथै यसले गुणस्तर र भोलुममा सामानहरु डेलिभरी गर्न सक्ने अग्रवालको भनाइ छ। कम्पनीले आफ्टर सेल्स सर्पोर्ट र मर्मतसंभारको कामलाई प्राथमिकतामा राखेको अग्रवालले बताए।

यसमा कलर र ग्लास विकल्पहरु पनि उपलब्ध छन्।

यी सामाग्रीहरुको प्रयोग गर्दा मर्मत खर्च कम लाग्ने र सुरक्षित रहेको कम्पनीले जनाएको छ। यसमा टीपीई ग्यासकेट र स्ट्यान्डर्ड तथा गुणस्तर फ्याब्रिकेसन प्रयोग गरिएको हुँदा दीर्घकालीन रुपमा प्रयोग गर्न सकिने बताइएको छ। कम्पनीले आफ्ना उत्पादनहरुमा १० वर्षको वारेन्टी दिएको छ।