BIZMANDU
www.bizmandu.com

एसवाई बजारमा ‘सेलरी वीक डिस्काउन्ट,’ विभिन्न सामानमा ३ देखि १० प्रतिशतसम्म छुट पाइने

२०७९ फागुन ५

एसवाई बजारमा ‘सेलरी वीक डिस्काउन्ट,’ विभिन्न सामानमा ३ देखि १० प्रतिशतसम्म छुट पाइने
एसवाई बजारमा ‘सेलरी वीक डिस्काउन्ट,’ विभिन्न सामानमा ३ देखि १० प्रतिशतसम्म छुट पाइने



काठमाडौं। अनलाइन सपिङ प्लेटफार्म एसवाई बजारले सेलरी वीक डिस्काउन्ट (तलब हप्ता छुट)को अफर ल्याएको छ। बजारले फागुन ४ देखि १६ गतेसम्म अफर संचालनमा रहने जनाएको छ।

Tata
GBIME

फेसन, इलेक्ट्रोनिक र घरायसी लगायत विभिन्न सामानहरुको खरिदमा छुट सहितको अफर छ। विभिन्न सामानहरुमा फ्री कुपनको व्यवस्था छ।

पेप्सीकोलामा कार्यालय रहेको एसवाई बजारले यस तलब हप्ता छुटमा प्रत्येक हप्ता वा हरेक महिना कुपनहरु निःशुल्क दिने जनाएको छ। जसबाट ग्राहकहरुले विभिन्न वस्तुहरुको खरिदमा छुटको सुविधा लिन सक्नेछन्।

एसवाई बजारमा कपडा र इलेक्ट्रोनिक उपकरणहरु र अन्य धेरै सामानहरु खरिद गर्दा ३ देखि १० प्रतिशतसम्म छुट व्यवस्था छ।जसमा सीजीका उत्पादन, किचेन एण्ड डाइनिङ, फर्निचर एन्ड डेकोर, फेसन, टोय एण्ड गेम, वाच, सनग्लास एण्ड ज्वेलरीहरुमा कुपन कोड राखेको छ।

कम्पनीले हप्ता र महिनामा आफ्नो वेबसाइट, एप र सोसल मिडियामा पोष्ट गर्ने गरेको छ। जहाँबाट ग्राहकले सामान खरिद गरेको कुपन कोड चेक गरेर छुट प्राप्त गर्न सक्छन्।