BIZMANDU
www.bizmandu.com

आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध, अब यी सेवामा वालेट प्रयोगकर्ताको पुग्‍नेछ पहुँच

२०७९ फागुन ५

आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध, अब यी सेवामा वालेट प्रयोगकर्ताको पुग्‍नेछ पहुँच
आइएमई पे एनसीएचएलको नेसनल पेमेन्ट स्वीचमा आबद्ध, अब यी सेवामा वालेट प्रयोगकर्ताको पुग्‍नेछ पहुँच


काठमाडौं। आइएमई पेले नेपाल क्लियरिङ हाउस (एनसीएचएल) सँग सम्झौता गर्दै नेसनल पेमेन्ट स्वीचमा आबद्ध भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतासँगै अब आइएमई पेका प्रयोगकर्ताहरुले एनसीएचएलको नेपाल पे क्यूआर, नेपाल पे इन्स्ट्यान्ट, नेपाल पे रिक्‍वेस्ट (टोकनाइजेसन र बिलर गेटवेसहित) जस्ता सेवा पाउने बताइएको छ।

सम्झौतामा आइएमई पेका सीइओ प्रविन रेग्मी र एनसीएचएलका सीइओ निलेशमान सिंह प्रधानले हस्ताक्षर गरेका छन्।

अब आइएमई पेका प्रयोगकर्ताहरुले नेसनल पेमेन्ट स्वीचअन्तर्गत एकाउन्ट टोकनाइजेसनको फिचर प्रयोग गर्न पाउने एनसीएचएलले जनाएको छ। यसबाट आइएमई पेका प्रयोगकर्ताहरुले आफ्नो बैंक खाता लिंक गर्न सक्नेछन्।

सँगै एनसीएचएलको बिलर गेटवे पनि चल्ने भएपछि रिटेल पेमेन्ट स्वीचमा रहेका सेवामा पनि आइएमई पे प्रयोगकर्ताको पहुँच स्थापित भएको बताइएको छ।

यसका साथै अब आइएमई पेमा नेपाल पे क्यूआरबाट पनि भुक्तानी गर्न मिल्नेछ।