BIZMANDU
www.bizmandu.com

टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ सफ्टवेयरमा समस्या, कम्पनीले फिर्ता बोलायो साढे ३ लाख कार

२०७९ फागुन ५

टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ सफ्टवेयरमा समस्या, कम्पनीले फिर्ता बोलायो साढे ३ लाख कार
टेस्लाको ‘फुल सेल्फ ड्राइभिङ’ सफ्टवेयरमा समस्या, कम्पनीले फिर्ता बोलायो साढे ३ लाख कार

काठमाडौं। टेस्लाले ‘फुल सेल्फ ड्राइभिङ’ असिस्ट भएको करिब ३ लाख ६३ हजार कारहरु फिर्ता बोलाएको छ।

Tata
GBIME
Nepal Life

‘फुल सेल्फ ड्राइभिङ’ मोडलको ड्राइभर असिस्ट सफ्टवेयरमा देखिको त्रुटि हटाउन फिर्ता बोलाएको हो। उक्त सफ्टवेयरमा सुरक्षाको हिसाबले जोखिम रहेको भन्दै सबै ३ लाख ६३ हजार अमेरिकी उत्पादन कारहरू फिर्ता बोलाएको अटो सम्बन्धी म्यागजिनहरुले जनाएका छन्।

‘फुल सेल्फ-ड्राइभिङ’ ड्राइभर असिस्ट सफ्टवेयर हो, जसले स्टेयरिङ, ब्रेकिङ र एक्सेलेरेसनको अटोम्याटिक रुपमा नेभिगेट गर्दछ। तर, यो सफ्टवयरले गर्ने नेभिगेसनहरुमा त्रुटि हुँदाको समयमा कार स्वचालित हुँदैन, मान्छेले नै चलाउनुपर्छ।

टेस्लाले एक ओभर-द-एयर सफ्टवेयर अपडेट मार्फत एफएसडी सुविधा दिएको छ। जसको लागत १५ हजार डलर छ।

अमेरिकाको राष्ट्रिय राजमार्ग ट्राफिक सुरक्षा प्रशासनले यसको विश्लेषणको आधारमा टेस्लाको उक्त सफ्टवेयर (एफएसडी) सुविधाले ट्राफिक सुरक्षा कानुनको अपर्याप्त पालनाको आधारमा मोटर सवारी सुरक्षामा अनुचित जोखिम निम्त्याएको जनाएको छ।

प्रशासनले टेस्लामा रहेको उक्त सफ्टवेयर एफएसडीले केही ट्राफिक कानुन उल्लंघन गर्न सक्ने चेतावनी समेत दिएको छ। उक्त सफ्टवेयरको असिस्ट प्रणालीले गाडीलाई असुरक्षित कार्य गर्न अनुमति दिन सक्छ। जस्तै यसले लेन मिच्ने, रोक्नुपर्ने ठाउँ नआउदै अर्कै स्पटमा रोकिने, कतै अगाडि रोक्ने कार्यहरु हुने गरेका छन्।

निर्माताहरूले सुरक्षाको लागि अनुचित जोखिमको समाधान गर्न सफ्टवेयर अपडेटसहित कुनै पनि मर्मतको लागि फिर्ता बोलाउन पहल गर्नुपर्ने प्रशासनले जनाएको छ। यसको प्रभावकारिताका लागि रिकल उपायहरूको निगरानी गर्न जारी राख्‍ने प्रशासनको भनाइ छ।