BIZMANDU
www.bizmandu.com

एकैपटक आइलागेको समस्याले गुण एयरको सेवा बन्द, तालिममा पाइलट, आएन स्पेयरपार्ट्स

२०७९ फागुन ४

एकैपटक आइलागेको समस्याले गुण एयरको सेवा बन्द, तालिममा पाइलट, आएन स्पेयरपार्ट्स
एकैपटक आइलागेको समस्याले गुण एयरको सेवा बन्द, तालिममा पाइलट, आएन स्पेयरपार्ट्स


काठमाडौं। स्पेयर पार्ट्सको अभाव र पाइलट तालिममा गएपछि  गुणको सेवा दुई दिनदेखि बन्द भएको छ।  जहाज मर्मत संभार र पाइलट तालिममा पठाइएका कारण वायुसेवा कम्पनीको सेवा दुई दिनदेखि बन्द भएको कम्पनीका प्रवक्ता प्रज्वल थापाले बताए।

Vigo
GBIME
Tata

‘सबै समस्या एकैपटक आइलाग्यो। त्यसैकारण हामीले नचाहँदा नचाहँदै सेवा रोक्नुपर्‍यो। आइतबारबाटै सेवा दिने गरी काम गरिरहेका छौं,’ उनले भने,’पहिलै टिकट काटिसक्नु भएका यात्रुको व्यवस्थापन गरिरहेका छौं। आइतबार सम्म दुईवटा जहाजबाट सेवा दिनेछौं।’

पाँचवटा जेटस्ट्रिम र दुईवटा विचक्राफ्ट गरी कुल सातवटा जहाज मध्ये कम्पनीले तीनवटा जहाजमार्फत सेवा दिँदै आएको उनले जानकारी दिए। उडान योग्य कुल तीनवटा जहाज मध्ये दुईवटा जहाज आइतबारबाट संचालनमा ल्याइने उनले जानकारी दिए।            

सातवटा जहाज क्षमता भएको यो कम्पनीले मुलुकको विभिन्न सुगम गन्तब्यमा नियमित उडान गर्दै आएको छ।