BIZMANDU
www.bizmandu.com

कुवेतको अल् अन्सारीबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ९ शाखाबाट नेपालमा रेमिटेन्स आउने

२०७९ फागुन ४

कुवेतको अल् अन्सारीबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ९ शाखाबाट नेपालमा रेमिटेन्स आउने
कुवेतको अल् अन्सारीबाट इसेवा मनी ट्रान्सफरको सेवा सुरु, ९ शाखाबाट नेपालमा रेमिटेन्स आउने


काठमाडौं। संसारका २०० बढी मुलुकबाट नेपालमा रेमिटेन्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफर र कुवेतको अल् अन्सारी एक्सचेन्जबीच रेमिटेन्स भुक्तानी सम्झौता भएको छ।

Tata
GBIME
Nepal Life

सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीहरुले, कुवेतका महाबुला, फर्वानिया, फहाहिल, सल्मिया लगायत सहरमा रहेका ९ वटा शाखाहरुबाट इसेवा मनी ट्रान्सफरको सुरक्षित र विश्वासिलो डिजिटल माध्यमबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाका खातामा तथा पाउने व्यक्तिको इसेवा वालेटमा तुरुन्तै पैसा पठाउन सक्नेछन्।

नेपालभरी रहेका इसेवा मनी ट्रान्सफरका एक लाख १२ हजारभन्दा बढि भुक्तानी केन्द्र मार्फत पनि कुवेतबाट पठाएको नगद रेमिटेन्स नेपालमा प्राप्त गर्न सकिनेछ।

हाल इसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियान जारी छ। अल् अन्सारी एक्सचेन्जको माध्यम हुँदै कुवेतबाट सोझै बैंक खाता वा इसेवा वालेटमा पैसा पठाउँदा ६ महिनाको अवधिसम्म १ जना सेवाग्राहीले आकर्षक उपहार तथा योजनाको अन्त्यमा एक जनाले काठमाडौँमा घर समेत जित्न सकिनेछ।

अल् अन्सारी एक्सचेन्ज कुवेतमार्फत आएको नगद रेमिटेन्स आफ्नो इसेवा वालेटमा प्राप्त गर्दा सेवाग्राहीले थप ७७ रुपैयाँको आकर्षक बोनस समेत पाउने छन्।

मेरो डिजिटल देश अभियानमा सहभागी भइ उपहारहरु जित्न सक्नेछन्।

सम्झौतामा इसेवा मनी ट्रान्सफरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजेश कोइराला र अल् अन्सारी एक्सचेन्ज कुवेतका तर्फबाट जेनेरल म्यानेजर मोहम्मद अब्दुल रहमानले हस्ताक्षर गरेका छन्।