BIZMANDU
www.bizmandu.com

सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

२०७९ फागुन ४

सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने
सिद्धार्थ बैंकको १ लाख ६० हजार कित्ता संस्थापक सेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने

काठमाडौं। आजबाट सिद्धार्थ बैंकले संस्थापक सेयर बिक्री गर्ने भएको छ। बैंकले विद्यमान संस्थापक सेयरधनी शकुन्तला कुमारी थापा कार्कीको नाममा रहेको १ लाख ‍६० हजार कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको हो।

Tata
GBIME
Nepal Life

उक्त सेयर खरिद गर्न इच्छुक जोकोहीले आवेदन दिन सक्नेछन्। आवेदन ७ दिन भित्र बैंकको केन्द्रीय कार्यालय हात्तीसारमा रहेको कम्पनी सचिवको कार्यालयमा पेस गर्न सकिने बैंकले जनाएको छ।

सेयर बिक्रीका लागि बैंकले संस्थापक सेयरधनीहरुलाई नै प्राथामिकतामा राखेर पुस २७ गतेबाट ३५ दिने सूचना जारी गरेको थियो। तर उक्त समयमा कुनैपनि विद्यमान संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेकाले बैंकले सो सेयर अन्य व्यक्ति तथा सिंस्थालाई बिक्री गर्न लागेको हो।