BIZMANDU
www.bizmandu.com

भौतिक मन्त्रालयले २० कर्मचारीको सरुवा गर्‍यो, सडक विभागको डीजीमा सुशीलबाबु ढकाल

२०७९ फागुन ३

भौतिक मन्त्रालयले २० कर्मचारीको सरुवा गर्‍यो, सडक विभागको डीजीमा सुशीलबाबु ढकाल
भौतिक मन्त्रालयले २० कर्मचारीको सरुवा गर्‍यो, सडक विभागको डीजीमा सुशीलबाबु ढकाल

काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले बढुवा भएका सात सहसचिवसहित २० जनालाई एकैपटक सरुवा गरेको छ।

Tata
GBIME
Nepal Life

मंगलबार साँझ बसेको मन्त्रीस्तरीय बैठकले बढुवा भएका सात सहसचिवसहित २० जनालाई एकैपटक सरुवा गर्ने निर्णय गरेको छ। मन्त्रालयका अनुसार एक महिना अगाडि ७ जना सहसचिवमा बढुवा भएका थिए।

सडक विभागको नयाँ महानिर्देशकमा सुशीलबाबु ढकाललाई नियुक्त गरेको छ। विभागका प्रवक्ता तथा सहसचिव भीमार्जुन अधिकारीलाई पनि मन्त्रालय तानिएको छ। उनको स्थानमा विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरी पोखरेललाई ल्याइएको छ।

यस्तै विभागका प्रवक्ता तथा सहसचिव भीमार्जुन अधिकारीलाई पनि मन्त्रालय तानिएको छ। उनको स्थानमा विकास सहायता कार्यान्वयन महाशाखाका प्रमुख रामहरी पोखरेललाई ल्याइएको छ।

मन्त्रालयमा रहेका अजयकुमार मुललाई सडक विभागको निर्देशक तथा गुणस्तर अनुसन्धान तथा विकास केन्द्रको प्रमुखमा सरुवा गरिएको छ। यस्तै विनोदकुमार मौवारलाई आयोजना समन्वयकर्ताका रुपमा जलमार्ग आयोजनामा सरुवा गरिएको छ।

यसैगरी, अर्जुनप्रसाद अर्याललाई संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयमा सरुवा गरिएको छ। ज्ञानेन्द्रकुमार झालाई सडक सुधार तथा विकास आयोजना निर्देशनालयको निर्देशकमा सरुवा गरिएको छ। उनलाई त्यहाँ काजमा खटाइएको मन्त्रालयले जनाएको छ।

राजेन्द्रप्रसाद दासलाई सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली-बर्दिबास सडक आयोजनाको निर्देशकमा सरुवा गरिएको छ। उनलाई पनि मन्त्रालयले काजका रुपमा सरुवा गरेको छ।

यस्तै, मदन भण्डारी राजमार्ग आयोजनाको निर्देशकमा बेलबहादुर भुजेल, यान्त्रिक तालिम केन्द्रको प्रमुखमा अरुणकुमार कटुवाल, एडीबी आयोजना निर्देशनालको निर्देशकमा उमेश विन्दु श्रेष्ठ, विकास सहायता कार्यन्वयन महाशाखाको प्रमुखमा डा. विजय जैसीलाई सरुवा गरिएको छ।

मन्त्रालयका अनुसार सहसचिव प्रभातकुमार झालाई सम्भार महाशाखाको प्रमुख, पुल महाशाखाको प्रमुख नरेशमान शाक्य, नागढुंगा सुरुङमार्ग निर्माण आयोजना निर्देशकमा नविनमान श्रेष्ठ, सडक तथा ट्राफिक सुरक्षा आयोजना समन्वयकर्तामा पूर्वकुमार राई, हुलाकी राजमार्ग आयोजना निर्देशनालयको निर्देशकमा चुडाराज ढकाल सरुवा भएका छन्।

यसैगरी, धर्मेन्द्रकुमार झालाई यातायात मन्त्रालय र रवीन्द्रलाल दासलाई सडक विभाग पुल महाशाखामा सरुवा गरिएको मन्त्रालयले जनाएको छ।