BIZMANDU
www.bizmandu.com

टेस्लाका कर्मचारीहरु युनियन बनाउने प्रयासमा, मस्कले दिएका छैनन् प्रतिक्रिया

२०७९ फागुन ३

टेस्लाका कर्मचारीहरु युनियन बनाउने प्रयासमा, मस्कले दिएका छैनन् प्रतिक्रिया
टेस्लाका कर्मचारीहरु युनियन बनाउने प्रयासमा, मस्कले दिएका छैनन् प्रतिक्रिया


काठमाडौं। न्युयोर्कमा टेस्लाका कामदारहरूले युनियन बनाउने प्रयास गरिरहेका छन्। जुन इलन मस्कको इलेक्ट्रिक कार कम्पनीको लागि पहिलो कर्मचारी संगठन हुनेछ।

Tata
GBIME
NLIC

कामदार-कर्मचारीहरूले कम्पनी र व्यवस्थापनका विभिन्न युनिट नेतृत्वहरुलाई ‘निष्पक्ष’ युनियन चुनावका लागि योजनाको रूपरेखासहित आधारभूत नियमहरूमा सहमत हुन आग्रह गर्दै पत्राचार गरेका छन्। हाल बफेलोमा रहेको टेस्लाको प्लान्टमा करिब २ हजार कर्मचारी काम गर्छन्।

विगतमा आफ्नो कम्पनीमा युनियन बनाउने पक्षमा नदेखिएका सञ्चालक इलन मस्कले कर्मचारीहरूको यस कदम बारे हाल केही प्रतिक्रिया दिएका छैनन्।

टेस्लाका कर्मचारीहरूको यो पहललाई वर्कर्स युनाइटेडले समर्थन गरेको छ, जसले स्टारबक्समा युनियनहरू खडा गर्न गर्न मद्दत गरेको थियो।

‘हामीले वर्कर्स युनाइटेड अपस्टेट न्युयोर्कसँग मिलेर एक युनियन बनाउँदैछौं, जुन हामीले काम गर्ने कम्पनी जस्तै इनोभेटिभ हुनेछ। यसले कम्पनीलाई अझ बलियो बनाउन सहयोगी वातावरण निर्माण गर्नेछ,’ टेस्लाका कर्मचारीहरूले प्रेस विज्ञप्तिमार्फत भनेका छन्।

युनियन आयोजक समितिमा टेस्लाको अटोपायलट प्रणालीमा काम गर्ने बफेलो बेस्ड लगभग ८ सय जना विश्लेषकहरू मध्येकै छन्।

टेस्लाको कल सेन्टरका कर्मचारीहरू र सोलार प्यानल र ब्याट्रीहरू बनाउने व्यक्तिहरू पनि उक्त समितिमा सामेल हुने अपेक्षा गरिएको छ।

टेस्लाका कर्मचारीहरु महिनौंदेखि युनियन बनाउनका लागि चुपचाप काम गर्दै आएका छन्। अहिले संघको चुनावका लागि समर्थनको हस्ताक्षर संकलन गरिरहेका छन्।

युनियन चुनाव गराउनको लागि उनीहरूलाई कम्तीमा पनि ३० प्रतिशत कर्मचारीहरूको समर्थन चाहिन्छ। यदि टेस्लाका कर्मचारीहरूको यो प्रयास सफल भयो भने टेस्ला कर्मचारीहरूसँग तलब र सर्तहरूमा वार्ता गर्न बाध्य हुनेछ।

अमेरिकामा हालैका वर्षहरूमा श्रम संगठनमा वृद्धि भएको छ। एप्पल, स्टारबक्स र अमेजन ठूला कम्पनीहरूले पनि यस बढ्दो अभियानहरूको सामना गरिरहेका छन्। तर सफल प्रयासहरू भने दुर्लभ नै छन्। (बीबीसीबाट साभार)