BIZMANDU
www.bizmandu.com

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश दर घट्यो, १५% बोनस सेयर दिने

२०७९ फागुन २

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश दर घट्यो, १५% बोनस सेयर दिने
जनउत्थान सामुदायिक लघुवित्तको लाभांश दर घट्यो, १५% बोनस सेयर दिने

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्तको लाभांश दर घटेको छ। पोहोर २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको लघुवित्तले गत आवका लागि १५.७९ प्रतिशत दिने घोषणा गरेको हो।

Tata
GBIME

प्रस्तावित लाभांशमध्ये सञ्चालक समितिले १५ प्रतिशत बोनस सेयर दिने निर्णय गरेको छ। बाँकी कर प्रयोजनका लागि नगद दिँदैछ।

बोनस सेयर वितरण पछि लघुवित्तको चुक्ता पुँजी २ करोड २१ लाख रुपैयाँले बढ्नेछ। अहिले चुक्ता पुँजी १४ करोड ७९ लाख रुपैयाँ छ। कायम चुक्ता पुँजीमा लाभांश प्रस्ताव गरिएको हो।

लाभांश राष्ट्र बैंक र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन्।