BIZMANDU
www.bizmandu.com

सुनको मूल्य तोलामा २ सयले घट्यो, एक लाख ३ हजार ८ सयमा कारोबार,चाँदी कति पर्छ?

२०७९ फागुन २

सुनको मूल्य तोलामा २ सयले घट्यो, एक लाख ३ हजार ८ सयमा कारोबार,चाँदी कति पर्छ?
सुनको मूल्य तोलामा २ सयले घट्यो, एक लाख ३ हजार ८ सयमा कारोबार,चाँदी कति पर्छ?


काठमाडौं। सुनको मूल्य सामान्य घटेको छ। मंगलबार सुन तोलामा २ सय रुपैयाँले घट्दै प्रतितोला एक लाख ३ हजार ८ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार सुन प्रतितोला एक लाख ४ हजार रुपैयाँमा कारोबार भएको थियो।

Tata
GBIME

चाँदीको मूल्य दुई दिनदेखि स्थिर छ।आइतबार तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १२ सय ९५ रुपैयाँ कायम रहेको चाँदी मंगलबार पनि घटबढ भएको छैन।

अन्तराष्ट्रिय बजारमा मंगलबार सुनमा थोरै घटेको छ। सुन प्रतिऔंस १८५८.१९ डलरमा कारोबार भइरहेको छ। चाँदी प्रतिऔंस २१.९८ डलर छ।सोमबार सुन प्रतिऔंस १८५७.७७ डलर र चाँदी प्रतिऔंस २१.८३ डलर थियो।