BIZMANDU
www.bizmandu.com

सार्वजनिक सवारी नचल्दा सर्वसाधारणलाई सास्ती, प्रहरीले सुरक्षा निगरानी बढायो

२०७९ फागुन २

सार्वजनिक सवारी नचल्दा सर्वसाधारणलाई सास्ती, प्रहरीले सुरक्षा निगरानी बढायो
सार्वजनिक सवारी नचल्दा सर्वसाधारणलाई सास्ती, प्रहरीले सुरक्षा निगरानी बढायो


काठमाडौं। यातायात मजदुरहरुले घोषणा गरेको सवारी बन्दका कारण बिहानैदेखि सार्वजनिक सवारी नचल्दा सर्वसाधारणको दैनिकी कठिन बनेको छ। सडकमा गाडी कुरेर बसेका सर्वसाधारणको भीड देखिन्छ। कतिपय यात्रुहरु पैदलै गन्तब्यतर्फ गैरहेका देखिन्छन्। सडकमा निजी सवारीहरु मात्र चलिरहेका छन्।

Tata
GBIME
Nepal Life

सोमबार हिंसा भड्किएको काठमाडौंको बालाजु-गोङ्गबु क्षेत्रमा प्रहरीले सुरक्षा निगरानी बढाएको छ। यातायात मजदुरहरुले गर्न सक्ने प्रदर्शनलाई मध्यनजर गर्दै प्रहरीले सतर्कता बढाएको हो। अन्य क्षेत्रमा पनि प्रहरीको बाक्लो उपस्थिती देखिन्छ।

हिजो यातायात मजदुरहरुको प्रदर्शन हिंसात्मक बन्दा बालाजु, माछापोखरी र गोङ्गबु क्षेत्र तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीहरुले प्रहरी भ्यान जलाउनुका साथै अन्य सवारीसाधन तोडफोड गरेका थिए। यस्तै, नयाँ बसपार्क क्षेत्रमा प्रहरीमाथि ढुंगामुढा हुँदा अश्रु ग्यास प्रहार भएको थियो।

प्रदर्शनकारीहरुले नयाँ बसपार्कमा रहेको ल्होत्से मलमाथि पनि ढुंगामुढा गरेका थिए। उनीहरुले मलका रहेका पसल र सपिङ सेन्टरमा पसेर सामानहरु लुटपाटसमेत गरेका थिए। प्रदर्शनका क्रममा डेढ दर्जन प्रहरी घाइते भएका थिए। पछि प्रहरीले प्रदर्शन र लुटपाटमा संलग्न केहीलाई पक्राउ गरेको थियो।

मजदुर संगठनहरुले पनि आज विरोधस्वरुप सवारीसाधन संचालन नगर्ने घोषणा गरेका छन्। त्यसैले आन्दोलनरत मजदुरहरुले कुनै पनि बेला प्रदेशन गर्न सक्ने आशंकामा बालाजु-गोङ्गबु क्षेत्रमा सुरक्षा सर्तकता बढाइएको हो।

हाल यो क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ। आदोलनरत पक्षलाई सरकारले वार्ताको लागि आह्वान गरिसकेको छ।