BIZMANDU
www.bizmandu.com

हुन्डाइको विद्युतीय गाडी कोना र आयोनिक ५ किन्दा वासिङ मेसिन नि:शुल्क

२०७९ फागुन १

हुन्डाइको विद्युतीय गाडी कोना र आयोनिक ५ किन्दा वासिङ मेसिन नि:शुल्क
हुन्डाइको विद्युतीय गाडी कोना र आयोनिक ५ किन्दा वासिङ मेसिन नि:शुल्क


काठमाडौं। हुन्डाइको विद्युतीय गाडी कोना इभी र आयोनिक ५ को खरिदमा वासिङ मेसिन नि:शुल्क पाइने भएको छ।

Tata
GBIME
Nepal Life

हुन्डाईको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले कोना र आयोनिक ५ इभीको खरिदमा नयाँ अफर ल्याएको हो।

कम्पनीले ‘वान मोर रिजन टु गो इलेक्ट्रिक’ नामक अफर योजना ल्याएको हो। कमपनीका अनुसार कोना इभी र आयोनिक ५ को खरिदमा उत्कृष्ट जर्मन अन्तर्राष्ट्रिय ब्रान्ड वोस्कको वासिङ मेसिन पाउनेछन्।

विद्युतीय गाडीको प्रयोगमा वृद्धि ल्याउनुका साथै आफ्नो उत्पादनको प्रवर्द्धन गर्न उक्त योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ।

विद्युतीय गाडीको प्रयोगलाई प्रोत्साहन गर्न कम्पनीले चार्जिङ स्टेसन निर्माण गरिरहेको छ। कम्पनीले देशभर १९ सर्भिस सेन्टरसहित ४० वटा चार्जिङ स्टेसन निर्माण गरिसकेको छ।