BIZMANDU
www.bizmandu.com

आइएमई पे र चन्द्रागिरि हिल्सको ‘फील द एयर,’ टिकट काट्दा विभिन्न सेवा ५०% छुट

२०७९ फागुन १

आइएमई पे र चन्द्रागिरि हिल्सको ‘फील द एयर,’ टिकट काट्दा विभिन्न सेवा ५०% छुट
आइएमई पे र चन्द्रागिरि हिल्सको ‘फील द एयर,’ टिकट काट्दा विभिन्न सेवा ५०% छुट


काठमाडौं। आइएमइ पे र चन्द्रागिरी हिल्सले सहकार्यको सम्झौता गरेर ग्राहक लक्षित योजना ल्याफसउ छन्। ‘फील द एयर’ नाम दिइएको यो योजना अन्तर्गत चन्द्रागिरि भ्रमणमा जाने यात्रुले आइएमइ पेमार्फत टिकट काट्दा विभिन्न सेवामा छुट पाउन सक्ने छन्।

Tata
GBIME
NLIC

सीमित समयका लागि लागू गरिएको यो योजनामार्फत ग्राहकले जिप लाइनिङमा १५ प्रतिशत, स्विङ्स र वाल क्लाइम्बिङ प्रत्येकमा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने जनाइएको छ।

यात्रा गर्नेमध्ये भाग्यशाली एक जनाले एक साताभित्र केबुलकारको निःशुल्क इभिनिङ सेवा लिन सक्ने कम्पनीले जनाएको छ।

यसैगरी कम्पनीले प्रणय दिवस अन्तर्गतको योजनामा पाँच जना भाग्यशाली ग्राहकका लागि फेब्रुअरी १४ मा रोमान्टिक कपल डिनर कुपन जित्‍न सक्ने जनाइएको छ। यो योजना अन्तर्गत माघ २८ देखि फागुन १ गतेसम्म यात्रा गरेका ग्राहकमा लागू हुने कम्पनीले जनाएको छ।