BIZMANDU
www.bizmandu.com

प्रिमियर इन्स्योरेन्सबाट विश्वराम तिमिला बाहिरिए, कामु सीइओमा कविता जोशी नियुक्त

२०७९ फागुन १

प्रिमियर इन्स्योरेन्सबाट विश्वराम तिमिला बाहिरिए, कामु सीइओमा कविता जोशी नियुक्त
प्रिमियर इन्स्योरेन्सबाट विश्वराम तिमिला बाहिरिए, कामु सीइओमा कविता जोशी नियुक्त

काठमाडौं। प्रिमियर इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत विश्वराम तिमिलाको राजीनामा स्वीकृत भएको छ।कम्पनीको शुक्रबार बसेको संचालक समितिले फागुन १ गतेदेखि लागु हुने गरी राजीनामा स्वीकृत गरेको हो।

Tata
GBIME

उनले २०७६ पुस २२ गतेबाट प्रिमियर इन्स्योरेन्सको सीइओ पदमा कार्यभार सम्हालेका थिए। यसअघि उनी नेको इन्स्योरेन्सको सीइओ समेत भइसकेका थिए।

तिमिलाले आफ्नो व्यक्तिगत कारणले पदबाट राजीनामा दिएको कम्पनीले जनाएको छ। कम्पनीको उक्त बैठकले अर्को व्यवस्था नभएसम्मका लागि कामु प्रमुख कार्यकारी अधिकृत नियुक्त गरेको छ। कम्पनीले कविता जोशीलाई कामु प्रमुख अधिकृतमा नियुक्त गरेको हो।

साथै, कम्पनीले कम्पनी सचिवमा पदमबहादुर थापालाई नियुक्त गरेको जनाएको छ।