BIZMANDU
www.bizmandu.com

सगरमाथा र लुम्बिनी जनरलको नाफामा सामान्य सुधार, अन्य सुचाङ्क कस्तो?

२०७९ माघ २९

सगरमाथा र लुम्बिनी जनरलको नाफामा सामान्य सुधार, अन्य सुचाङ्क कस्तो?
सगरमाथा र लुम्बिनी जनरलको नाफामा सामान्य सुधार, अन्य सुचाङ्क कस्तो?

काठमाडौं। मर्जरको प्रक्रियामा रहेको सगरमाथा र लुम्बिनी जनरल इन्योरेन्सको नाफामा सामान्य सुधार देखिएको छ।

Tata
GBIME
Nepal Life

कम्पनीले जारी गरेका चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय वितरणमा सगरमाथाको इन्स्योरेन्सको नाफा गत वर्षको तुलनामा ०.९० प्रतिशतले बढेको छ। कम्पनीले यस अवधिमा १७ करोड ९३ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्ष १७ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो।

गत आर्थिक वर्ष सो अवधिमा कम्पनीको बीमाशुल्क ७७ करोड ८३ लाख रुपैयाँ थियो। कम्पनीले लगानी कर्जा तथा अन्यबाट ५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको छ। ४४ करोड रुपैयाँ खुद दावी भुक्तानी गरेको छ। व्यवस्थापनमा १७ करोड रुपैयाँ खर्च भएको छ।

चुक्ता पुँजी एक अर्ब ३३ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ५० करोड रुपैयाँ र बीमा कोषमा एक अर्ब २९ करोड रुपैयाँ संचित रहेको छ।

त्यस्तै, लुम्बिनी जनरल इन्स्योरेन्सको नाफा १.०५ प्रतिशतले बढेको छ। कम्पनीले आर्थिक वर्षको ६ महिनामा १० करोड ४९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

बीमाशुल्क ५१ करोड रुपैयाँ संलकन गरेको कम्पनीले २४ करोड रुपैयाँको दाबी भुक्तानी तिरेको छ। अभिकर्ता कमिशनमा एक करोड ३५ लाख रुपैयाँ खर्च गरेको छ।

लगानी कर्जा तथा अन्यबाट २ करोड ९४ लाख रुपैयाँ आर्जन गरेको छ। कम्पनीको चुक्ता पुँजी एक अर्ब ३१ करोड रुपैयाँ छ। जगेडा कोषमा २५ करोड रुपैयाँ र बीमा कोषमा ८४ करोड रुपैयाँ संचित छ।