BIZMANDU
www.bizmandu.com

सूर्यज्योति लाइफको नाफा ८१ प्रतिशतले वृद्धि, खुद बीमाशुल्क आर्जन २ अर्ब ५३ करोड

२०७९ माघ २९

सूर्यज्योति लाइफको नाफा ८१ प्रतिशतले वृद्धि, खुद बीमाशुल्क आर्जन २ अर्ब ५३ करोड
सूर्यज्योति लाइफको नाफा ८१ प्रतिशतले वृद्धि, खुद बीमाशुल्क आर्जन २ अर्ब ५३ करोड

काठमाडौं। मर्जर पछिको एकीकृत कारोबारमा सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा उल्लेख्यरूपमा बढेको छ। ८१ प्रतिशतले बढेको हो।

Tata
GBIME
Nepal Life

कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा २८ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ६६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद बीमाशुल्क ३.५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले यो आर्थिक वर्षको ६ महिनामा बीमाशुल्कबापत २ अर्ब ५३ करोड रुपैयाँ संकलन गरेको छ। कम्पनीले ८२ करोड रुपैयाँ दाबी भुक्तानी तिरेको छ। गत वर्ष सो अवधिमा कम्पनीले ३७ करोड रुपैयाँ दाबी भुक्तानी गरेको थियो।

कम्पनीले व्यवस्थापनमा ३ करोड खर्चिएको छ। लगानी कर्जा तथा अन्य स्रोतबाट ५० करोड आम्दानी गरेको छ। बीमालेख धितोमा राखेर कर्जाबाट १२ करोड रुपैयाँ आम्दानी गरेको छ। अभिकर्ता कमिसनमा २५ करोड रुपैयाँ खर्च गरेको छ।

चुक्ता पुँजी ४ अर्ब ५४ करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ अर्ब ५८ करोड छ। जीवन बीमा कोषमा २३ अर्ब रुपैयाँ सञ्चित छ।

कम्पनीको प्रतिसेयर आम्दानी १२.५० रुपैयाँ र प्रतिसेयर नेटवर्थ १६४.६७ रुपैयाँ छ।