BIZMANDU
www.bizmandu.com

हिमालयन डिष्टिलरीको नाफा ३६.४१ प्रतिशत घट्यो, आर्थिक मन्दी र प्रतिस्पर्धाको चुनौती

२०७९ माघ २९

हिमालयन डिष्टिलरीको नाफा ३६.४१ प्रतिशत घट्यो, आर्थिक मन्दी र प्रतिस्पर्धाको चुनौती
हिमालयन डिष्टिलरीको नाफा ३६.४१ प्रतिशत घट्यो, आर्थिक मन्दी र प्रतिस्पर्धाको चुनौती


काठमाडौं। गोल्डेन ओकको उत्पादक हिमालयन डिष्टिलरी लिमिटेडको नाफा ३६.४१ प्रतिशतले घटेको छ। कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

Tata
GBIME

विवरणअनुसार नाफा २९ करोड ४२ लाख रुपैयाँमा साँघुरिएको छ। कम्पनीले गत वर्ष ४६ करोड २७ लाख रुपैयाँ नाफा गरेको थियो।

कम्पनीले २ अर्ब ७६ करोड रुपैयाँको उत्पादनहरु बिक्री गरेको छ। कारोबार १८ प्रतिशतले घटेको हो।

आर्थिक मन्दीको मुख्य असर मदिरा उद्योगमा परेको कम्पनीले जनाएको छ। बजार प्रतिस्पर्धा अझ चर्को हुने कम्पनीको कारोबार विवरणले संकेत गरेको छ। श्रम लागत एक वर्ष अघिको तुलनामा केही कम भए पनि प्रशासनिक, बिक्री वितरण र वित्तीय लागतमा भएको वृद्धिले खुद नाफामा कमी आएको हो।

कम्पनीको प्रति सेयर नेटवर्थ २४ रुपैयाँबाट २२ रुपैयाँ पुगेको छ। कम्पनीको तरलता अनुपात ३.८४ छ भने मूल्य आम्दानी अनुपात ११२.४१ गुणा छ। प्रति सेयर नेटवर्थ १२२.९४ रुपैयाँ छ

कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड रुपैयाँ छ। गत आवका लागि कम्पनीले ७० प्रतिशत लाभांश दिएको थियो। जसमध्ये ६० प्रतिशत बोनस सेयर थियो। कम्पनीको जगेडा तथा कोषमा ५५ करोड ७४ लाख रुपैयाँ सञ्चित छ। जुन पोहोर पुसको तुलनामा २३.८४ प्रतिशत घटेको छ।