BIZMANDU
www.bizmandu.com

आर्थिक लाभको अडियो भेटिएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित

२०७९ माघ २७

आर्थिक लाभको अडियो भेटिएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित
आर्थिक लाभको अडियो भेटिएपछि त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बित


काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर निलम्बनमा परेका छन्।

Tata
GBIME
NLIC

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले महाप्रबन्धक ठाकुरलाई निलम्बनको लागि पत्र पठाएको जानकारी दिएको छ।

एक विदेशी एयरलाइन्सका प्रतिनिधिसँग आर्थिक लाभ लिने उद्देश्यले कुराकानी भएको सामग्री फेला परेकाले अनुसन्धानको लागि निलम्बन गरिएको हो।

उनले थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग लाभ लिने उद्देश्यले कुराकानी गरेको देखिएको छ।

मन्त्रीस्तरीय निर्णयबाट निलम्बनको पत्र महानिर्देशकलाई लेखिपठाएको मन्त्रालयका सहसचिव राजेन्द्र कुमार केसीले जानकारी दिए। महाप्रबन्धक ठाकुरमाथि मन्त्रालय र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान थाल्ने भएको छ।