BIZMANDU
www.bizmandu.com

नवीकरण प्रक्रिया नचालेको भन्दै एनटीएद्वारा दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज

२०७९ माघ २७

नवीकरण प्रक्रिया नचालेको भन्दै एनटीएद्वारा दुई इन्टरनेट सेवा प्रदायकको लाइसेन्स खारेज
काठमाडौंको जमलमा रहेको नेपाल दूरसंचार प्राधिकरणको कार्यालय भवन


काठमाडौं। नेपाल दूरसंचार प्राधिकरणले दुईवटा इन्टरनेट सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ। शुक्रबार एक सूचना जारी गर्दै प्राधिकरणले प्रभु डिजिटल लिमिटेड र एल.एन.टि. इन्फोटेक प्रालिको लाइसेन्स खारेज गरेको जनाएको छ।

Tata
GBIME
NLIC

प्रभु डिजिटल काठमाडौं र एल.एन.टि. इन्फोटेक कास्कीको कम्पनी हो।

दुवै सेवा प्रदायकहरुले अनुमतिपत्र नवीकरणका लागि निमयानुसार निवेदन पेस नगरेको भन्दै प्राधिकरणले दूरसंचार ऐन, २०५३ को दफा २५ (५) बमोजिम स्वत: खारेज भएको प्राधिकरणको भनाइ छ।

प्राधिकरणले सूचना जारी भएको मितिले ३० दिन भित्र प्रभु डिजिटल र एल.एन.टि इन्फोटेकलाई तिर्न तथा बुझाउन बाँकी रकमबारे कार्यालयमा सम्पर्क गर्न समेत ताकेता गरेको छ।

अन्यथा प्रचिलित कानून बमोजिम कारबाही प्रक्रिया अघि बढ्ने चेतावनी प्राधिकरणको छ।