BIZMANDU
www.bizmandu.com

बोटलर्स नेपालको नाफामा गिरावट, ब्याजदर वृद्धि र डलर महँगिदा कोक उत्पादकको कारोबारमै असर

२०७९ माघ २७

बोटलर्स नेपालको नाफामा गिरावट, ब्याजदर वृद्धि र  डलर महँगिदा कोक उत्पादकको कारोबारमै असर
बोटलर्स नेपालको नाफामा गिरावट, ब्याजदर वृद्धि र डलर महँगिदा कोक उत्पादकको कारोबारमै असर

काठमाडौं। कोकाकोलाको उत्पादक कम्पनी बोटलर्स नेपाल लिमिटेडको नाफामा उल्लेख्य गिरावट देखिएको छ। चालु आवको दोस्रो त्रैमासमा बोटलर्स नेपाल तराईको नाफा ४९.३० प्रतिशत र बालाजुको १८.४८ प्रतिशत घटेको हो।

Tata
GBIME
Nepal Life

अमेरिकी डलरको विनिमय दर महँगिनु र ब्याजदर वृद्धिले पनि नाफा प्रभावित भएको कम्पनीले जनाएको छ।

पुसमा बोटलर्स तराईको नाफा १५ करोड ३२ लाख रुपैयाँ र बालाजुले २९ करोड २१ लाख रुपैयाँमा सीमित छ। कम्पनीको नाफामा गिरावट देखिए पनि आम्दानीमा दुवैको सुधार देखिन्छ।

तराईको आम्दानी १३.०८ प्रतिशत बढेर ३ अर्ब ८६ करोड रुपैयाँ पुगेको छ भने बालाजुको १०.४२ प्रतिशत बढेर ५ अर्ब १९ करोड रुपैयाँ नाघेको छ।

तर, कम्पनीको संचालन खर्च बढ्दा नाफा घट्दो छ। विदेशी विनिमयमा देखिएको उतारचढावले कम्पनीको कच्च पदार्थको लागत बढेको हो। मुद्रास्फीतिका कारण बढेको संचालन खर्च तथा कमोडिटी र ऊर्जाको मूल्यले पनि नाफामा प्रभाव पारको छ।

जसका कारण सो अवधिमा कम्पनीको बिक्री लागत बढेको देखिन्छ। पोहोर ३ अर्ब ३५ करोड रुपैयाँ खर्चेको बालाजुले अहिले बिक्री गरे बापत ३ अर्ब ६८ करोड रुपैयाँ खर्चेको छ। तराईको पनि बढेर २ अर्ब ९३ करोड रुपैयाँ पुगेको हो। ब्याज बापतको भुक्तानी रकम पनि दुवैको बढेको छ। तराईको ३७.१५ प्रतिशत र बालाजुको २०.२९ प्रतिशत बढेको हो।