BIZMANDU
www.bizmandu.com

पीपीए खुलाउने निर्णयले निजी क्षेत्र उत्साहित, सरकारको स्वागतयोग्य कदम : इप्पान

२०७९ माघ २७

काठमाडौं। पीपीए खुलाउने सरकारको निर्णयलाई स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था (इप्पान)ले स्वागत गरेको छ। इप्पानका अध्यक्ष कृष्ण आचार्यले निजी क्षेत्र सरकारी निर्णयले उत्साहित भएको प्रतिक्रिया दिए।

Tata
GBIME
NLIC

‘यो उत्साहजनक निर्णय हो। यसअघिका मन्त्रीले लोभ देखाए। अहिलेका मन्त्रीले काम गरे,’ उनले भने ‘अब बाटो खुलेको छ। अरु आयोजनाका लागि अध्ययन समिति बनेको छ।’

नेपाल विद्युत प्राधिकरणमा अहिले ११ हजार मेगावाट क्षमताका आयोजनाको पीपीएको आवेदन परेको छ। जसमा ५० प्रतिशत नदी प्रवाह आयोजना छ्न्।

‘अब सरकारले भारत निर्यातका लागि राजनीतिक पहल गर्नुपर्छ। निजी क्षेत्रलाई विद्युत व्यापारको लाइसेन्स दिनुपर्छ। हामीलाई विद्युत व्यापारको लाइसेन्स दिने हो भने अर्बौं मूल्य बराबरको विद्युत भारतलाई निर्यात साथै आन्तरिक बजारमा पनि प्रवाह गर्न सक्छौं,’ आचार्यले भने।