BIZMANDU
www.bizmandu.com

बुटवल पावरको नाफामा २६.०४% वृद्धि, विद्युत बिक्री भन्दा ब्याज आम्दानी उल्लेख्य

२०७९ माघ २५

बुटवल पावरको नाफामा २६.०४% वृद्धि, विद्युत बिक्री भन्दा ब्याज आम्दानी उल्लेख्य
बुटवल पावरको नाफामा २६.०४% वृद्धि, विद्युत बिक्री भन्दा ब्याज आम्दानी उल्लेख्य


काठमाडौं। बुटवल पावर कम्पनीले पुस मसान्तसम्म २२ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ। विद्युत बिक्रीभन्दा कम्पनीको ब्याज आम्दानी उल्लेख्य रुपमा बढेको छ।

Tata
GBIME
NLIC

नाफा २६.०४ प्रतिशत वृद्धि भएको कम्पनीले जनाएको छ। विद्युत बिक्री बापतको आम्दानी २ प्रतिशत बढेर ४३ करोड १५ लाख रुपैयाँ पुगेको छ।

यस्तै, ब्याजदर बढेका कारण कम्पनीले ५ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ। जुन पोहोरको तुलनामा १५.४९ प्रतिशतको वृद्धि हो।

कम्पनीको चुक्ता पुँजी बढेर ३ अर्ब ४० करोड पुगेको छ। जगेडा तथा अन्य कोषहरुमा ३ अर्ब ५६ करोड रुपैयाँ सञ्चित छ। 

यस अवधिमा प्रति सेयर आम्दानी बढेर ६.७१ रुपैयाँ र प्रति सेयर नेटवर्थ घटेर २०४.६४ रुपैयाँ कायम छ।